मूल खबर

भाग्दै गरेका पूर्वमन्त्री रायमाझी भैरहवाबाट पक्राउ

न्युज अफ नेपाल
भैरहवा । नक्कली भुटानी शरणार्थी करणमा मुखिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनी भैरहवाबाट भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार रायमाझी आज (बिहीबार) विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनी भैरहवाबाट बाहिर भाग्दै गर्दा पक्राउ गरेको प्रहरी गोप्य स्रोतले बतायो ।

उनका छोरा सन्दीप रायमाझी हिजो (बुधबार) साँझ बुटवलबाट पक्राउ परेका छन् । बुधबार नै रायमाझी बाबुछोरालाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button