मूल खबर

कर्मचारीको सेवा सुविधाका लागि कानुन मिचेर करोडौं रूपैयाँ खर्च

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रूपैयाँ खर्च गर्ने गरेको पाइएको छ ।

जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत राज्यको करोडौं रकम खर्च गर्ने गरेको महालेखाको कार्यालयले जनाएको छ ।

महालेखाका अनुसार सर्वसाधारणलाई नियम कानुनको कुरा गरेर कहिले नथाक्ने कर्मचारीहरूकानुन मिचेर इन्धन खर्च र सवारीमा करोडौं रूपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखाका परीक्षक टंकमणिशर्मा दंगालले यसलाई सुधार गर्नुपर्ने विषयमा पटकपटक ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । नेपाल समाचारपत्र दैनिकमा छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button