मूल खबर

अयोध्या फैसला: विवादित जमिन राम मन्दिरको, बाबरी मस्जिद सार्न आदेश

भारतको सर्वोच्च अदालतले अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला गरेको छ। प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको छ।

सर्वोच्चले मुस्लिमहरुलाई मस्जिद बनाउन ५ एकड वैकल्पिक जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ।

३ महिनाभित्र ट्रस्ट बनाएर त्यसमार्फत राममन्दिर निर्माण गराउनुपर्ने आदेश सर्वोच्चले दिएको छ।

सताब्दियौँदेखि विवादित जमिनबारे सर्वोच्चले फैसला सुनाउँदै गर्दा अयोध्याको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

राम मन्दिर–बाबरी मस्जिद बिवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो सुनुवाइ गरेपछि फैसला भएको हो।

जमिनको स्वामित्वलाई लिएर अयोध्यामा लामो समयदेखि विवाद रहँदै आएको थियो।

अयोध्यामा रहेको यो जमिन हिन्दु र मुस्लिम दुवै समुदायले दाबी गर्दै आएका थिए।नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button