खबर

प्रदर्शनकारीद्वारा चिलीको चर्चमा आक्रमण, यशुको मूर्ति जलाइयो

विरोधी प्रदर्शनकारीहरुले चर्चमा आक्रमण गरेका छन्।

चर्चमा भएका बहुमूल्य सामाग्री लुट्दै उनीहरुले यशुको मूर्ति जलाएको डेलीमेलले जनाएको छ।

गएको तीनहप्ता यता चिलीमा हजारौं प्रदर्शनकारीले आन्दोलन गरिरहेका हुन्। प्रदर्शनकारीले राष्ट्रिय झण्डा नै जलाएको बताइएको छ।

शुक्रबार प्रदर्शनकारीले ला असनसियन क्षेत्रको एक चर्चमा आक्रमण गरेका थिए। उनीहरुले त्यहाँ भएका बहुमूल्य सामाग्री चोरी गरेर यशु ख्रिस्टको मूर्ति जलाएका थिए।

देशको शिक्षा, स्वास्थ क्षेत्र र पेनसन प्रणालीमा सुधारको माग राख्दै मानिसहरुले त्यहाँ प्रदर्शन गरिरहेका हुन्।

तीन महिनायताको प्रदर्शनमा २० जनाको मृत्यु भइसकेको छ भने २५ सय घाइते भएका छन्।नेपालखबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button