खबर

युनिसेफकी कार्यकारी निर्देशकद्वारा पाटन दरवार क्षेत्रकाे अवलाेकन

ललितपुर/२३ कार्तिक, युनिसेफकी कार्यकारी निर्देशक हेनरिता एच फाेरेले ललितपुर पाटन दरवार क्षेत्रकाे अवलोकन भ्रमण गरेकी छिन् । उनलाई पाटन दरवार क्षेत्रमा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्वागत गरिन् ।
पटन दरवार क्षेत्रकाे अवलोकन भ्रमणमा युनिसेफकी कार्यकारी निर्देशक हेनरितासंगै युनिसेफ साउथ एशिया क्षेत्रकी क्षेत्रीय निर्देशक जिन गाे, युनिसेफ नेपालका प्रतिनिधि एल के उइससमेतकाे उपस्थिति थियाे ।
बुधबार विहान पाटन दरवार क्षेत्रकाे भ्रमणमा अाइपुगेकी कार्यकारी निर्देशक फाेरेले पाटनकाे कृष्ण मन्दिर, मुलचाेक, मंगाहिटी लगायतकाे अवलाेकल गरेकी छन्।

युनिसेफकी कार्यकारी निर्देशक हेनरितासंगै युनिसेफ साउथ एशिया क्षेत्रकी क्षेत्रीय निर्देशक जिन गाे, युनिसेफ नेपालका प्रतिनिधि एल के उइससमेतकाे उपस्थिति थियाे ।
निर्देशक हेनरिताले रुद्रवर्ण महाविहारकाे अवलोकन गरिन् । उनले रुद्रवर्ण महाविहार पछाडि रहेकाे इनारमा पानी सुदृढीकरणका लागि युनिसेफद्वारा जडित यन्त्रकाे अवलोकन गर्दै यसकाे प्रभावकारिताकाे बारेमा समेत चासाेपूर्वक साेधखाेज गरिन ।

त्यसैगरी युनिसेफकी कार्यकारी निर्देशक हेनरितालाई प्रभात स्कुल, नेशनल चाइल्ड स्कुलका वालवालिकाहरुले वालवालिका केन्द्रीत जाेखिम मापन तथा पानीकाे गुणस्तरकाे वारेमा जानकारी गराएका थिए । यसैगरी उनले वडा नं. ६ काे वडा कार्यालयमा पुगेर जन्म दर्ताकाे वारेमा समेत जानकारी लिइन् । यसैगरी कार्यकारी निर्देशक हेनरिताले एकल महिला र अपाङ्गता भएका वालवालिकाहरुसंग अन्तरक्रिया गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button