मूल खबर

अमेरिकी सहायक विदेशमन्त्री लु धुम्बाराहीमा

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न सहायक विदेशमन्त्री लु निवास धुम्बाराही पुगेका थिए। सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको उल्लेख गरेका छन्।

नेपाल(अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ। अमेरिकी सहायक विदेश मन्त्री लु शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन्। उनले राजनीतिक भेटघाट गरिरहेका छन्।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button