मूल खबर

अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा बालुवाटार पुगेर दाहालप्रति श्रद्धाञ्जलि

बालुवाटार पुगेर सीता दाहालको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री
काठमाडौं। संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले बालुवाटार पुगेर सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको तस्बिरमा बालुवाटार पुगेर लुले श्रद्धाञ्जलि अर्पण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। उहाँले शोक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ।

एकदिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसक्नुभएको छ। उहाँले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँले गतवर्ष पनि नेपालको भ्रमण गर्नुभएको थियो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button