सृजनाको चौतारी

“आदिकवि भानुभक्त “

कविता
जन्मयाै १८७१ असार २९ तनहुँ जिल्ला चुँदी रम्घा भन्ने ठाउँ ,
धन्नजय-धर्मावती देवीकाे काेखमा जन्मी हुर्कयाै, आफ्नै गाउँ ,
माेतीराम भट्टले नेपाली भाषाका चिनाए,उपाधि दिई आदिकवि
नेपाली साहित्यका प्राथमिक कालका बन्याै, प्रतिनिधि कवि ।।
घाँसीकाे प्रेरणा पाएर लेख्न बस्याै शुरूमा तिम्ले कविता ,
प्रश्नाेतर,भक्तमाला,बधुशिक्षा लगायतका तिमी रचयिता ,
बाल्मिकीद्वारा रचित महाकाव्य रामायणका भाव अनुवादक ,
नेपाली भाषा साहित्यमा बन्याै, तिमी ओजस्वी साधक ।।
लाग्याै तिमी ,नेपाली भाषालाई आफ्नाे शिरकाे ताज बनाउनलाई ,
एकताको शुत्रमा बाँध्याै तिम्ले,संसार भरिका नेपाली भाषीलाई,
नेपाली भाषा- साहित्यकाे बिजाराेपण गर्ने प्राथमिक कालिन कवि ,
नेपाली भाषा – बाङ्गमयका ज्याेति बनी प्रकाश छर्याै, तिमी रवि ।।
राष्ट्रले सम्मान गरेकाे छ तिमीलाई,नेपालकाे राष्ट्रिय विभूति भनी ,
नेपाली रहेसम्म श्रद्वा गरिरहने छाैं, तिम्राे याेगदानलाई कदर ठानी ,
देह छैन तर पनि अमर छन, तिम्रा काल झै ती जिवीत कृति ,
आज असार२९ गते मनाईरहेका छाैं,हामी भानु जन्मजयन्ती ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button