सृजनाको चौतारी

राजीनामा

कविता –
पात्र थाहा छ ,प्रवृति थाहा छ , हतार हतारमा समर्थन गर्यो
सनकका भरमा चित्त बुझेन खुरुक्क राजीनामा माग्यो
विश्ववासको मत पनि दियो दुई चार दिनमै राजीनामा माग्यो
खै के ,खै के यिनहरुले जनतालाई केवल बेकुव मात्रै बनायो ।।

समर्थन गर्यो ,हस्ताक्षर गर्यो,हात समाती माथि उठायो
विश्वासको मत केही दिनमै माग्न फेरि बाँध्य बनायो
मन्त्री पाउने सहमतिमा विश्वासको मत पनि दिलायो
भाग पुर्याउनु न छ जसरी नै प्याट्ट मन्त्रालय फूटायो ।।

विश्वासको मत पनि पटक पटक कति चोटी पो लिनु
प्रदेशको ताल हेरौं ६ महिना पनि सरकार टिक्दै नटिक्नु
विश्वासको मत दिने दिन सांसद नै अनुपस्थित,गायव
सरकार ढाल्न र बनाउनमै व्यस्त छन माननीय साहेव ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button