मूल खबर

नेपाली भूमिमा वाह्य अतिक्रमण अस्वीकार्य– नेता कोइराला

फाइल तस्वीर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली भूमिमा बाह्य अतिक्रमण स्वीकार्य नहुने प्रष्ट पारेका छन् ।

आइतवार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसंग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता नगरेको बताए ।

उनले नेपाली भूमीमा बाह्य अतिक्रमण स्वीकार्य नहुने र यस्तो बिषयमा सम्झौता हुन नसक्ने बताएका छन् ।

उनले सरकारले राष्ट्रिय समहति अनुरुप गुमेको भूमि फिर्ता लिन तत्कार कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन’, नेता कोइरालाले भनेका छन्रा,’ष्ट्रियताको मुद्दामा देखीएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्दछु।’खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button