मूल खबर

जनकपुरमा ओली र मोदीको पुत्ला दहन

जनकपुर- देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी निकट संगठन जनगणतान्त्रिक मोर्चा धनुषाले आज दिउँसाे जनकपुरको जनकचोकमा दुवै देशका प्रधानमन्त्री व्दयको पुत्ला दहन गरेको हो।

भारतले नेपालको भू-भाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री ओली चुप लागेर बसेको विरोधमा दुवैकाे पुत्ला जलाएको जन गणतान्त्रिक मोर्चा धनुषाका अध्यक्ष नन्दकुमार झाले बताए।

पुत्ला दहन कार्यक्रममा मिथिला राज्य समिति सदस्य कमल नरायण चौधरी, नेकपा माओवादी क्रान्तिकारी धनुषाका सेक्रेटरी सितल कर्ण लगायतको सहभागिता थियो।नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button