स्वास्थ्य

पैसाले निम्त्याउने नकारात्मक असर

डा बैकुण्ठरमण सुवेदी

देखावटी जीवनशैली र धन सञ्चयको लक्ष्यले नेपाली समाजलाई गतल बाटोतर्फ डोहोर्‍याइरहेको छ। यो दुर्भाग्य हो। धनलाई सफलताको प्रतीक र खुसी हुने साधनको रुपमा लिने सोचका कारण मानिसहरू अनैतिक क्रियाकलापमा फस्दै गएका छन्।

सम्पत्तिको तुलना गर्ने प्रचलनले हामी ‘प्यासन’ बिर्सिएर गैर–जिम्मेवार बन्दै गएका छौं। यसकारण हामी स्वस्थ रुपमा खुसी हुन सकिरहेका छैनौं। धन आजभोलि तनाव र मनोवैज्ञानिक समस्याको जड बनेको सत्य हो।

नेपाली समाजमा पैसा जीवन उपयोगी साधन वा माध्यम भन्दा पनि लक्ष्य बन्दै गएकोे छ। अधिकांशले (आफ्नो व्यक्तित्व अनुसारको खुसी हुने तरिका थाहा नपाएर वा पाएरै पनि) रवाफ र सन्तानको भविष्यका लागि भन्दै धन सञ्चयलाई पहिलो र महत्वपूर्ण प्राथमिकतामा राखेका छन्।

अनैतिक/भ्रस्टाचारजन्य आय अभिभावक र सन्तान दुवैको लागि नकारात्मक
– त्यस्ता अभिभावकलाई सन्तानले रोलमोडल मान्नु त परको कुरा, भित्री मनमा सम्मानसम्म गर्दैनन्। अभिभावक जब आफू वा सन्तानले गलत गर्दा सामान्य ढंगले सोच्न थाल्छन्। त्यसको सिकार बुढेसकालमा आफैं बनिने सम्भावना हुन्छ।

– कतिपय मानिस जीवनमा सफल हुन सजिलो र छोटो बाटोको खोजीमा समय बर्बाद गर्छन्। यो कसैलाई सम्भव हुँदैन। धैर्यता, मेहेनत र लगावै नराखी सजिलो गरी धन कमाउने उपाय खोज्नु भनेको असफलता निम्त्याउनु हो। विभिन्न अध्ययनका अनुसार ९३ प्रतिशत धनी व्यक्तिहरू आफ्नै खुबी र मेहेनतले सफल बन्ने गरेका छन्। कुनै पैतृक सम्पत्ति वा अप्रत्याशित लाभ तथा चिठ्ठाबाट बनेका होइनन्।
– आधारभूत आवश्यकता पूरा गर्न चाहिने पैसाले मात्र खुसी दिनसक्छ (जुन अमेरिकामा मासिक ६ हजार मानिकएको छ)। त्यस भन्दा बढी पैसाले मानिसको खुसी बढाउन सक्दैन। चिठ्ठा जितेको व्यक्तिहरूमा गरिएको एक अनुसन्धानले उनीहरूको खुसीको स्तर केही समयपछि झन् खस्केर जाने र धेरैको जीवन अस्तब्यस्त बन्ने गरेको बताउँछ।

– स्थायी समृद्धिका लागि जसले आवश्यक बचत, बजेटिङ, स्मार्ट लगानी जस्ता वैयक्तिक व्यवस्थापनका आधारभूत सिप सिक्दैनन्। यो सिप बिना बाबु आमाले जति पैसा जम्मा गरिदिए पनि नपुग्ने हुन्छ। धनी मानिसमा गरिएका कैयौं अध्ययन अनुसार व्यक्ति कति धनी बन्दछ भन्ने कुरा आयमा भन्दा उसको बचत गर्ने बानीमा निर्भर हुन्छ।
– अनैतिक काममार्फत पैसा कमाउने अभिभावकका छोराछोरी पेसाजन्य दैनिक क्रियाकलापमा रमाउनै सक्दैनन्। किनकि, बाबुको आम्दानीको तुलनामा सन्तानको आम्दानी अर्थहीन जस्तो देखिन्छ। यसले सन्तानलाई अत्यन्तै निरुत्साहित गर्छ। यसले सन्तानलाई नयाँ काम वा पेसा कहाँबाट किन थाल्ने भन्ने दुविधा पैदा गरिदिन्छ। नेपालका बेरोजगारीको जड नै धेरैजसो कामलाई तुच्छ सम्झिनु हो।

– गलत काम गर्ने व्यक्ति जति चलाखी गरे पनि सधंै केही अज्ञात भय एवं त्रासबाट गुज्रिरहेको हुन्छ। निरन्तरको ुतनाब व्यवस्थापन संयन्त्रु को असफलताका कारण स्वास्थ्य समेत कम उमेरमै बिग्रन्छ।
– कतिपयलाई अनैतिक कुरा पनि कहिलेकाहीँ पाच्य हुनसक्छ। तर, यस्ता व्यवहार र क्रियाकलाप ‘करिअर’ निर्माणकै निर्धारक बन्न पुग्छन्। जसरी गलत इन्धनले एकै पटकमा इन्जिन खराब गरिदिन सक्छ।
– समृद्धि र खुसीका विषयमा भएका धेरै अध्ययनको निस्कर्षले भन्छ, ‘क्षणिक रुपमा अनैतिक तरिका पनि कहीलेकाहीँ फाइदा जनक लाग्न सक्ला। तर, एक्काइसौं शताब्दीको कानुनी राज्यमा दीर्घकालीन रुपमा खुसी र समृद्ध रहन इमान्दारिता नै उत्तम नीति हो। 

(सुवेदी क्लिनिकल साइकोलोजिस्ट हुन्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button