
एजेन्सी – युभेन्ट्स सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन जारी सिजन २०१९/२० तुलानात्मक रुपमा उच्च हुन सकेको छैन । इटालियन फुटबल प्रशिक्षक फाबियो कापेलोले पछिल्लो तीन वर्षमा पोर्चुगिज कप्तानको प्रदर्शन ओरालो लागेको बताएका छन् ।
इटालियन सिरि ‘ए’मा आइतबार युभेन्ट्सले एसी मिलानलाई १–० ले हराउँदा प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई परिवर्तन गरेका थिए । मध्यसाताको खेलमा पनि उनलाई प्रशिक्षकले परिवर्तन गरेका थिए । लगातार दुई खेलमा परिवर्तन भएको यो सम्भवत पहिलो पटक हो ।
‘रोनाल्डो उत्कृष्ट च्याम्पियन हुन् । त्यसमा कसैले विवाद गर्न आवश्य छैन । तर पछिल्लो तीन वर्षयता उनले कुनै पनि खेलाडीका लागि ड्रिबलमा बिट गर्दै पास दिएका छैनन्,’ कापेलोले भने, ‘अहिलेको क्षणमा उनी उत्कृष्ट लयमा छैनन् । त्यसैले उनलाई परिवर्तन गर्नु सामान्य हो । सार्रीले उनको व्यक्तित्व हेरेर परिवर्तन गर्ने होइन । ‘
कापेलो रोनाल्डोको व्यवहारको आलोचना पनि गरेका छन् । ‘परिवर्तन पछि रोनाल्डो बेन्चमा नबस्नु र प्रशिक्षकसँग विवाद गर्नु राम्रो होइन,’ रियल म्याड्रिडका पूर्व प्रशिक्षकले भने,’ च्याम्पियनहरु पनि परिवर्तन हुन्छन् । सबै चिज राम्रो हुँदा पनि परिवर्तन त हुन्छ नि । उनले सहकर्मीको पनि सम्मान गर्नुपर्दछ । ‘
सार्रीले पनि रोनाल्डोको व्यवहारका विषयमा छलफल गरेका छन् । रोनाल्डोसँगको छलफल सकारात्मक रहेको उनको भनाईबाट बुझिन्थ्यो । ‘परिवर्तनमा खेलाडी रिसाउनु स्वभाविक हो,’ सार्रीले भने, ‘मेहेनत गर्ने खेलाडीको त्यो प्रतिक्रिया स्वभाविक हो । यो प्रशिक्षकका लागि पनि राम्रै हो । ‘hamrokhelkud



