खबर

जागृत बालले ग¥यो नयाँ वर्षको शुभकामना कार्यक्रम

काँकरभिट्टा ।झापाको मेचीनगर नगरपालिका ७ मा रहेको जागृत बाल उद्दार केन्द्रले नयाँ वर्षको कार्यक्रम आयोजना गरेको छ ।बुधवार संस्थाको कार्यलयमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि,राजनीतिकदलका प्रतिनिधि,संचारकर्मी ,स्थानीय प्रशासनका प्रतिनिधि र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको थियो । जागृत बाल उद्दार केन्द्रका अध्यक्ष राधाकृष्ण अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाजसेवी नरबहादुर राई रहेका थिए भने विशिष्ठ अतिथिहरुमा मेनपा ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली,सामाजिक अगुवा रामचन्द्र उप्रेती,संस्थाकी पूर्वअध्यक्ष बिना तामाङ्ग,सामजसेवी सुभाष भट्टराई रहेका थिए ।

कार्यक्रममा समाजसेवी निर्मल पौडेल,पनिता अधिकारी,गंगा आले,माईति नेपालका गोविन्द अधिकारी,श्रमसंस्कृति पार्टीका रामबहादुर तामाङ्ग र संस्थाका सल्लाहकार विकास देवकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।सो कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष भीमबहादुर खड्काले गरेका थिए भने कार्यक्रमको संचालन सचिव होमराज राईले गरेका थिए । जागृत बाल उद्दार केन्द्र विसं २०७०सालमा स्थापना भएको एक सामाजिक संस्था हो । झापाको मेचीनगर नगरपालिका वडा नं ७ मा रहेको संस्थाले आफ्नो स्थापनाकालदेखि नै अनाथ,असहाय तथा विपन्न बालबालिकाहरुको उद्धार,संरक्षण,पालनपोषण ,शिक्षा तथा समग्र विकास क्षेत्रमा निरन्तर कार्य गर्दै आईरहेको छ ।

मुष्ठीदान,जन्मदिनको शुभकामना र मनकारीहरुको सहयोगले मात्रै संचालन हुदै आएको यस संस्थामा उपस्थित कार्यक्रमका सहभागिहरुले आगामी दिनमा संस्थालाई यथाशक्य सहयोग गर्ने बचनवद्धता गरेका थिए भने सोही कार्यक्रममा सिम्रक बचत तथा सहकारीका तर्फबाट केन्द्रमा रहेका बालबालिकाहरुलाई ब्याग वितरण गरिएको थियो भने समाजसेवी रामचन्द्र उप्रेतीले नगद सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button