कला

‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’ का ‘चोपेन्द्र’

फिल्मीखबर, काठमाण्डौ,

गएको वर्ष प्रदर्शनमा आएको समीक्षात्मक रुपमा सफल फिल्म ‘बुलबुल’ मा ‘चोपेन्द्र’ को भूमिका निर्वाहा गरेर चर्चामा आएका अभिनेता मुकुन भुषाल नयाँ फिल्ममा अनुबन्ध भएका छन् । सत्यराज चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘अन्तरे’ मा उनले मुख्य भूमिका निभाउन लागेका हुन् । उनी यसै साता फिल्ममा आबद्ध भएका हुन् ।

मुकुनले फिल्मको स्क्रिप्ट राम्रो लागेका कारण काम गर्नका लागि राजी भएको बताए । ‘फिल्मको मुख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ । ‘बुलबुल’ बाट मैले पाएको माया दर्शकबाट नमरोस भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ । यस्तैमा मलाई यो फिल्मको स्क्रिप्टले लोभ्यायो । मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’, मुकुनले भने ।

फिल्मबारे जानकारी दिँदै उनी अगाडि भन्छन्, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिनँ, पुरै स्क्रिप्ट पढेँ । स्क्रिप्टमा जे लेखिएको छ पुरै फिल्ममा देखाउन सकिने गरि लेखिएको छ । समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै फिल्म बन्नेछ’ । उनी चाँडै ज्ञानेन्द्र देउजाको फिल्म ‘झिङ्गेदाउ’ पनि गर्दैछन् । तर, अहिलेसम्म फिल्मको फ्लोरमा जाने डेट तय भएको छैन ।

‘अन्तरे’ चरित्रात्मक भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईंले बताए । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button