स्वास्थ्य

निमोनिया के हो?

विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरूबाट हुने गर्दछ। एक तथ्याङ्क अनुसार संसारभर करिव १६ लाख बालबालिकाहरुको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ। निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्दछन्।

निमोनिया ५ वर्ष मुनीका बच्चाहरुको मत्यको एक प्रमुख कारण हो।

५ वर्ष मुनिका बाल बालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्यु यो रोगको कारणले मात्र हुन्छ।

सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ। यदि उपयुक्त कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरी १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ।

निमोनिया भनेको के हो?
निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ।

निमोनियाको रोकथाम तथा मृत्यु घटाउन प्रभावकारी बालबचाउ कार्यक्रमहरुः
१. बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै थप खाना खुवाउने।
२. नियमित खोपहरु लगाउने।
३. नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने।
४ धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने।

निमोनियाको उपचार

• निमोनियाको उपचार शिघ र सही औषधीबाट गर्नु पर्दछ।
• शिघ्र र सही औषधी उपचारले निमोनियाबाट हुने अधिकारी मत्युलाई रोक्छ।

कडा निमोनियाबारे जनचेतना र उपचारको पहुंच सर्वसाधारणको साथै दुर्गम समुदायमा पु-याउन जरुरी छ।स्वास्थ्य खबरपत्रिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button