
२७ कार्तिक २०७६, सिक्किम । शारीरिक, मानसिक तथा आत्मिक विरामीको चंगाई सेवा गर्ने उद्देश्यका साथ आयोजित दुई दिवसीय सिक्किम मेगा हिलिङ क्रुसेड २०१९ भव्य कार्यक्रमका बीच सिक्किम राज्य सरकार र सम्पूर्ण सिक्किम मण्डलीको व्यापक उपस्थितीमा भर्खरै सम्पन्न भएको छ ।

कार्तिक २२ र २३ गते अर्थात नोभेम्बर ८ र ९ तारेखका दिन दक्षिण जिल्लाको जोरथाङ खेलमैदानमा आयोजित सिक्किम मेगा हिलिङ क्रुसेड २०१९ को पहिलो दिनको कार्यक्रममा मुख्य वक्ताका रुपमा काठमाण्डौँबाट वरिष्ठ पाष्टर रेभ. डा. चेत बहादुर खरेल, प्रमुख अतिथिका रुपमा उपस्थित राज्यका कृषि तथा वागवानी विभागका मन्त्री लोकनाथ शर्मा अतिरिक्त मुख्यमन्त्रीका श्रीमती कृष्णा राई, विधायिका सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव ज्याकोव खालिङ, सिक्किम सँगसँगै नेपाल, भुटान, पश्चिम बगांलका इसाई धर्मावलम्बीहरुको बाक्लो उपस्थिती रहेको हो ।

पहिलो दिन कार्तिक २२ गते अर्थात नोभेम्बर ८ तारिख शुक्रवारको कार्यक्रमको उद्धघाटन सिक्किम राज्यका विधायक जीटी ढुंगानाले गरेका थिए भने एन.सी.जी.सी. जुमदारा गायन प्रस्तुती आइएफबीपीसीएम दरामदिनद्वारा स्क्रिट प्रर्दशनले कार्यक्रम अझ हेर्नलायक रहेको थियो ।

आयोजक समितिले प्रमुख अतिथि मन्त्री लोकनाथ शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव ज्याकोब खालिङ र काठमाण्डौँका रेभ. डा. खरेललाई पनि अभिनन्दन गरेको थियो । कार्तिक ९ गते अर्थात नोभेम्बर २३ गतेको समापन कार्यक्रमको सुरुवात सिक्कीम हिलि क्रुसेडका अध्यक्ष पाष्टर दानियल मोकोबाट प्रार्थनाको सुरु भयो भने स्वागत सम्बोधन जुम सल्लाघारी समष्टिका अध्यक्ष एमके राईले गरेका थिए । कार्यक्रमको धन्यवाद ज्ञापन कार्यवाहक अध्यक्ष एस्तर लेप्चाले गरेका थिए भने रात्री कार्यक्रममा नेपाल काठमाण्डौँका अतिथि कलाकारहरुले जोडदार प्रस्तुती दिएका थिए ।



