खेलकुद

विशालको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको हैदरावादमा जारी यू१९ च्यालेन्जर सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल बुधबार भारत ए सँग १ सय ७ रनले पराजित भएको हो ।

जितमा लागि २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । यू१६ का कप्तान समेत रहेका विशाल विक्रम केसीले सर्वाधिक ७१ रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।

एकतर्फबाट नेपालको निरन्तर विकेट गुम्दा अर्कोतर्फबाट विशालले रन जोडि रहेका थिए । ४३ ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि विशालले १ सय २६ बलमा ११ चौका प्रहार गरे । पहिलो खेलमा भारत सी विरुद्ध टोलीमा नपरेका विशाल तिलक राज भण्डारीको स्थानमा आज मौका पाएका थिए ।

एक सय १८.४ ओभरमा ४९–६ को कमजोर अवस्थामा रहेको नेपाललाई सातौ विकेटका लागि विशालले शेर मल्लसँग ५६ रनको साझेदारी गरेका थिए । नेपालका कुनै पनि शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।

पहिलो ओभरको चौथो बलमा कप्तान रित गौतम ५ रनमा रन आउट हुन पुगे । दुई बलपछि दशरथ कुमारले अर्का ओपनर लोकेश बमलाई शून्यमा पेभिलिएन फर्काएपछि पहिलो ओभरमै नेपाल दबाबमा परेको थियो । आठौं ओभरको दोस्रो बलमा खडक बहादुर बोहरा ३ रनमा एलवी डब्लू आउट भए । नितेश कुमार रेड्डीले १६ ओभरको चौथो बलमा अरुण ऐरीलाई ७ र पाँचौ बलमा कुशल मल्ल शून्यमा पेभिलिएन फर्केका थिए ।

१९ ओभरको चौथो बलमा यू१९ का सर्वाधिक अनुभवी ब्याट्सम्यान हरि बहादुर चौहान शून्यमा आउट भएका थिए । प्रतिश जिसी ६ रनमा बोल्ड आउट भए । तल्लोक्रममा शेर मल्लले ५२ बलमा ३ चौका सहित २१ रनमा एलवी डब्लू आउट भए । आकश चन्द ३६ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे ।
भारतका लागि नितेश कुमार रेड्डी र समिर राजभीले समान २ विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारत ए ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रनमा समेटिएको थियो । कप्तान ध्रुब चन्द जुरेलले सर्वाधिक ७४ रनको योगदान दिए । जुरेलले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै धरमराई रहेको मध्यमक्रमलाई उकासेका थिए ।

एक समय २५.१ ओभरमा ११५–५ को कमजोर अवस्थामा पुगेको भारतलाई जुरेलले नितेश कुमार रेड्डीसँग छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ इकासेका थिए । जुरेललाई शेर मल्लले ४२ ओभरको तेस्रो बलमा एलवी डब्लू आउट गरे ।

नितेशले ३० रनको योगदान दिए । ओपनर यशस्वी जैशवालले २७ बलमा ५ चौका र २ छक्का सहित ३३ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । जैशवाललाई आकश चन्दले सातौ ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

१२ ओभरको अन्तिम बलमा हरि बहादुर चौहानले जय गोहिललाई ७ रनमा बोल्ड आउट गरे । २० औं ओभरको चौथो बलमा अर्जुन प्रर्साद मुर्थीलाई १३ रनमा शेर मल्लले विकेटकीपर खडक बहादुर बोहराबाट स्टम्पिङ आउट गराए ।

२१ औं ओभरको दोस्रो बलमा साइ सुर्दशन ३४ रनमा रन आउटको शिकार बने । लोकेश बमले रन आउट गर्नु अघि सुर्दशनले ६३ बलमा ३ चौका प्रहार गरे । २६ ओभरको पहिलो बलमा शेरले आकशबाट समिर राजिवीलाई १६ रनमा क्याच आउट गराए । उनले १५ बलमा १ चौका प्रहार गरे । ४८ ओभरको तेस्रो बलमा प्रतिश जिसीले कुमार सिंहलाई २४ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा एलवी डब्लू आउट गरे ।

स्पिनर शेर मल्लले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । आकश चन्दले ९.२ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रतिस जिसी र हरि बहादुर चौहानको नाममा समान १ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button