

ईन्द्रबहादुर बुढाथोकी, युवा नेता नेपाली काँग्रेस
मेचीनगर । नेबिसंघबाट आफ्नो राजनीतिक यात्राको आरम्भ गरेका ईन्द्रबहादुर बुढाथोकी झापाकै एक परिचित राजनीतिक नेपाली काँग्रेसका हस्ती मानिन्छ । नेपाली काँग्रेस मेचीनगरका सभापति समेत रहेका उनी सामाजिक ब्यक्तित्वका हिसाबले समेत यस क्षेत्रमा चिनिन्छ । राजनीतिलाई जनसेवामा समर्पित गरिनुपर्छ भन्ने उनी बिपि कोइरालाको जिवनीबाट प्रभावित भएको बताउँछन् ।
नेपाली काँग्रेसको मेचीनगर समिति हाँकी रहेका बुढाथोकी हरेक विषय वस्तुलाई गहन रुपमा अध्ययन गरेर निणर्य गर्ने क्षमता बोकेका उनी शालिन र भद्र काँगे्रस कार्यकर्ताका रुपमा गैर काँगे्रसले पनि चिन्दछन् । नेपाली काँग्रेस मेचीनगर समितिका गतिविधि र समसामयिक राजनीतिक विषय वस्तुमा केन्द्रीत रहेर चौतारी पोष्ट अनलाइनले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।



