
एजेन्सी – इंग्ल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा प्रभावशाली जित हात पारेको छ । आइतबार राति भएको खेलमा इंग्ल्यान्डले कोसोभोमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।
इंग्ल्यान्डको जितमा ह्यारी विङ्स, ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । खेलको ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता बनाएको थियो । उनले एलेक्स अक्सलेड नेम्वरलेनको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । समय सकिन ११ मिनेट बाँकी रहँदा इंग्ल्यान्डले तीन गोल गर्दै फराकिो जित निकाल्न सफल भयो ।
७९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गरे । ८३औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो । इन्ज्युर समयको थप गरिएको पहिलो मिनेटमा मासन माउन्टले इंग्ल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इंग्ल्यान्ड खेलमा ४–० को प्रभावशाली जित निकाल्न सफल भयो ।
जितसँगैं इंग्ल्यान्डले ८ खेलबाट २१ अंक जोड्दै समूह ‘ए’ मा शीर्षस्थानमा रह्यो । इंग्ल्यान्डले समूहमा एक खेल मात्रै गुमायो । कोसोभो ११ अंकसहित तेस्रो स्थानमा रह्यो । चेक रिपब्लिक १५ अंकसहित दोस्रो स्थानमा रहँदा बुल्गेरिया र मोन्टेनेग्रो चौथो र पाँचौ स्थानमा रह्यो ।hamrokhelkud



