स्वास्थ्य

नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जीन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जीन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो ।

कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।

डा.प्रकाश बुढाथोकीले कोरोना संक्रमण फैलन नदिन भीडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गर्नुभएको छ।

मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो संक्रमणलाई मध्येनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरुमार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button