
कविता
आयो आयो दशै आयो तल होइन माथी।
भ्यागुताको धार्नी पुग्ला कहिले होला साथी।
मुलको पानी सुकि सक्यो ब्वांसो नुहाए पछि
मुटु टुट्यो आज हाम्रा चल्ला टाढा भए पछि।
केटाकेटी रोगी बृद्ध आंगन पनि बिदेश
देश रुन्छ आपत पर्दा सबैको छ निषेध ।
जता हेर्यो गन्ध आउछ भ्रष्टाचारको सिनो
खराब मति सुध्रीयो भने आश अझै झिनो।
कहिले सोच्ने कस्ले बुझ्ने भुइ मान्छेको ब्यथारु
कस्ले जोड्ला चुंडिएको बर्गियताको नातारु
अब बुद्धि आउनु पर्छ उभो होइन उधो
सबले प्रयास गर्यौ भने हामले पाउला खुंदो।

