
मेचीनगर । कुनै बेला यो ठाउँको छेउछाउबाट हिड्ने मानिस हतारहतार नाक थुनेर बाटो कट्ने गर्थे सकेसम्म त्यतापटि हेर्दैनथे पनि तर अहिले ठाउँ त्यही हो उनै मानिसहरु एक छिनका लागि भएपनि मनखोलेर रमाउन त्यहाँ पुग्छन् । सपना भित्रको पनि सपना जस्तो बनेकोछ आज यो ठाउँ । झापाको मेचीनगर नगरपालिका साविक १० नं वडा कार्यालय छेउको स्थान हाल वडा नं ६ को कार्यालय पनि त्यँही छ ।
गाबिस डाँडाका नामले चिनिएको यो परिसर भनौँ या यो स्थान आज नेपालको राजनीतिक ईतिहाँसका दुई महान हस्ति बिपि कोइराला र पुष्पलाल श्रेष्ठको स्मरण गर्ने रमणिय स्थलको रुपमा धमाधम सिगारपटार गरिरहेकोछ । यहाँका स्थानिय अगुवाहरुको निरन्तरको लगन, ईमानदारितार र सत्कर्मको परिणामनै हो आजको बिपि पुष्पलाल वाटिका भन्दा शायद फरक पर्दैन । स्थानिय होटल ब्यवसायी राम तामाङ्ग लगायतका सामाजिक अगुवाहरुको अग्रसरतामा नपत्याउँदो पाराले मेचीनगरको मात्र नभएर पूर्वी सिमानाकै एउटा नमूना वाटिका बन्न पुगेकोछ यो स्थल ।

मेचीनगर नगरपालिका वडा नं ६ को कार्यालय छेउमा रहेको बिपि पुष्पलाल वाटिकाको सोच आउनु अघि यो स्थान काँकरभिट्टाकै अघोषित डम्पिङ्ग साईड जस्तो बनेको थियो । स्थानियको भरअभरको फोहोर मिल्काउन सजिलो ठाउँ जस्तो बनेको यो ठाउँ आफै भिरालो जमिन परेको र ताप्रेघारीसँगै लागुऔषधका दुब्र्यसनीको समेत बेलाबखतको सुरक्षित स्थल जस्तो थियो । तर, यहाँका सचेत अगुवाहरुले जब यसमा एउटा सुन्दर फूल फुलेको देखे तब याात्रा शुरु भयो बिपि पुष्पलाल वाटिकाको ।
काँकरभिट्टाका स्थानियको समेत गहनाको रुपमा रहेको बिपि पुष्पलाल वाटिका नगर क्षेत्रको एक सौन्दर्यको रुपमा त हुनेनै छ यसका अलवा झापाकै आन्तरिक र यो नाका भएर आवत जावत गर्नेहरुका लागि समेत स्मरणयोग्य एउटा कोशेली जस्तो बन्ने देखिन्छ । भौगोलिक वनावट र यसमा गर्न सकिने कलात्मक सौन्दर्यीकरणले पनि बिपि पुष्पलाल वाटिकाले जो कसैको ध्यान र मन खिच्ने गरेको बताउँछन् निमार्णको प्रारभ्मदेखिनै लागेका उपभोक्ता समितिका अध्यक्ष राम तामाङ्ग उनी भन्छन् ‘ हिजाका दिनमा यही भूगोल असहज स्थल जस्तो बनेको थियो भने आज यसको ठिक सौन्दर्यले सबैको मन तान्ने रमणिय स्थान बनेको छ ’ ।

एकातर्फ यो स्थलमा गरिएको अनुकुल सौन्दर्यको कलात्मक सिगारपटार र नेपालको राजनीतिक परिवर्तनका मुख्य हस्तीहरु बिपि र पुष्पलालको नामले समेत यसको महत्व बढाएको पाईन्छ । बिपि कोईराला र पुष्पलाल श्रेष्ठका अलवा नेपालको परिवर्तनका आन्दोलनमा जिवनको आहुती गर्ने सबै शहीदहरुको स्मरण गराउने सोचलाई समेत वाटिका उपभोक्ता समितिले गरेको बताउँछन् तामाङ्ग उनी भन्छन् — ‘हामीले श्रद्धेय नेताहरु साथै शहिदहरुको समेत स्मरणका लागि शहिद स्मृति वाटिकाको रुपमा समेत अघि बढाउने सोच बनाएकाछौँ’ ।
केही समय यता मेचीनगर नगरपालिकाको वडा नं ६ कै मात्र कुरा गर्ने हो भने आन्तरिक पर्यटनका हिसाबले मात्र नभएर सीमा क्षेत्रमा निमार्ण भएका देवकोटा पार्क, वाटरफाउन्टेन पार्क र बिपि पुष्पलाल वाटिका यहाँको परिचय र सौन्दर्यका सुन्दर परिचायत्मक चिनारी बन्न पुगेकाछन् । समग्र मेचीनगरकै कुरा गर्ने हो भने मेचीनगर क्षेत्र भौगोलिक हिसाबले समेत आन्तरिक र बाह्यि पर्यटनका लागि उपयुक्त देखिन्छ । नगर क्षेत्रमा रहेका भौगोलिक हिसाबले पर्यटकको आकर्षण बढाउने स्थानको उपयुक्त पहिचान गरेर त्यसतर्फ सरोकारवाला पक्षले चासो राख्ने हो भने मेचीनगर नगरपालिकालाई पर्यटकको आकर्षणको थलो बनाउन सकिन्छ ।

स्थानिय सरकारको रुपमा रहेको नगरपालिकाले पर्यटकीय क्षेत्र बन्न संभावना बोकेका स्थानहरुको खोजी तथा नगरक्षेत्रमा रहेका सरकारी र सार्वजनिक जमिनको खोज गरेर उपयुक्त स्थानमा अनुकूल ढङ्गका कलात्मक सौन्दर्यताको बिकास गर्न सके नगरको आर्थीक बिकासमा समेत ठूलो टेवा पुग्न जाने स्थानिय सामाजिक अगुवाहरुको कथन रहेकोछ ।
हिजोको फोहोरको थुप्रो जस्तो देखिने उराठ लाग्दो गाविसको डाँडो आज मन छुने स्थान बन्न पुगेको दृष्टान्तलाई हेरेर पनि नगरका बिभिन्न स्थानमा वेवारिसे जस्ता बनेका ठाउँको पहिचान गरि यसतर्फ ध्यान दिने हो की ? जन संसद दैनिक ।



