खबर

प्रधानमन्त्री रोजगार कार्यक्रम, परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु

सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्य्विधि संशोधन गरेर यो वर्षको कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक एवं सहसचिव प्रकाश दाहालले कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय तहमा खटिएका रोजगार संयोजकमार्फत कार्यक्रम सञ्चालनका लागि प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । उनले भने, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेर यो वर्ष धेरै व्यवस्थित बनाउन खोजेका छौँ, गत वर्ष जस्तो यो पटक समस्या आउँदैन भन्नेमा विश्वस्त छौँ ।

गत वर्ष हतारमा कार्यक्रम सञ्चालन गरियो त्यसैले केही समस्या आए । कार्य्विधिका कारण भएका समस्याको पनि संशोधन गरिएकाले यो वर्ष कार्यक्रममा लक्षित वर्गले अधिकतम लाभ लिने उनको दाबी छ ।

संयोजक दाहालले संशोधित कार्यक्रम सञ्चालन कार्य्विधिमै गत वर्ष दुर्गम जिल्ला, गरिबी, बेरोजगारलाई प्राथमिकता दिएर पैसा पठाएको थियो भने यो वर्ष आयोजनाका आधारमा मात्रै स्थानीय तहमा पैसा पठाउने व्यवस्था गरेको जानकारी दिए ।  गोरखापत्र दैनिकमा   छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button