मूल खबर

बोक्साबोक्सीको आरोपमा परिवारलाई नै गरियो गाउँ निकाला

दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन्।

वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु टोल सुधार समितिको बैठकले झाँक्री समूहको आग्रहमा रत्नबहादुर दम्पतीलाई बोक्साबोक्सीको आरोपसहित समूहमा नराख्ने भन्दै सामाजिक बहिष्कार गरेपछि उनीहरू गाउँ छोडेर सदरमुकामको होटलमा शरणार्थीका रूपमा बस्न बाध्य भएका हुन्।

५८ वर्षीय पीडित रत्नबहादुर श्रेष्ठले आफू र आफ्नो ५७ वर्षीया श्रीमतीलाई विगत ७र८ वर्षदेखि टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलगायतले बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको तर आफूहरू निरीह भएकाले सहँदै आएको बताए ।

मंसिर १ गते भने टोल सुधार समितिको बैठकमा सहभागी १ सय १३ जनाले हस्ताक्षर गरी आफूहरूलाई सामाजिक बहिष्कार गरेपछि गाउँ छाड्न बाध्य हुनुपरेको रत्नबहादुरले गुनासो गर्नुभयो। सो बैठकमा आफू, आफ्नी श्रीमती र १४ वर्षीय छोरालाई समेत जबरजस्ती हस्ताक्षर गर्न लगाएको श्रेष्ठको गुनासो छ।  नेपाल समाचारपत्रमा   छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button