विचार

अनुभूतिमा मोरङ्ग हिरासत

सांकेतिक तस्विर

मनिष

छद्म संसोधनवाद,यथास्थितिवाद,दलाल संसोधनवाद र बिसर्जनवाद विरुद्ध संगर्ष गरौं !
दलाल संसदीय राज्यसत्तालाई ध्वंस गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ जनयुद्धको वाटोमा अघि बढौं।।
भन्ने नारा सहित फाल्गुन ५—९ सम्म हुन गइरहेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी( माओवादी) को ९औं महाधिवेशन को तयारिमा जुट्दै थियौं । जनयुद्ध दिवश फाल्गुन १ लाई प्रतिवद्धता कार्यक्रम मार्फत भब्य रुपले मनाउने हाम्रो योजना थियो । २९ माघ मोरङ जिल्ला सचिव राजेन्द्र को घरमा श्रममा सहभागी थिएं म । करिव ३ बजेतिर साथि बिपिन इटहरि उपमहानगर पािलका १२ खनारमा दुर्घटनामा परेको खबर आयो , साथमा ७—८ हजार बाहेक कुनै रकम थिएन । झापाका पुराना एक ब्यवसायीर शुभचिन्तक लाई कल गरेर घटनाको जानकारी सहित केही रकम मद्दत को आग्रह गरें । रमाइलो बजारमा आएको ५० हजार रकम निकालेर कानेपोखरि हुँदै साथि बिपिनको उद्दार र आवश्यक उपचार प्रबन्धको ब्यवस्थाको उद्देश्य सहित इटहरि १२ खनार तर्फ हुइंकिएं म । करिब ७ बजेको हुनुपर्छ ट्याक्सिमा कार्यलयले निकालेको जनयुद्ध दिवश र पार्टीको प्रतिबद्धता सहितको अपिल मलाई आएको कुराको जानकारि लिदै पुगेंको थिए म ।
खनार सामुदायिक अस्पताल अगाडि ट्याक्सी रोकियो म फोनमा लोकेशन बारे बुझिरहेको थिएं , उत्तर फर्किएर फलामे भर्याङ नजिक आउन भनियो म भर्याङ नजिक के पुगेको थिएं , यहि हो समात समात को आवाज गुञ्जियो , चारैतिरबाट एकहुल सादा पोसाकका प्रहरिले अपशब्दका वर्षा सहित हतकडि भिराए । दिमागले राम्रो सोच्न सकिरहेको थिएन , किन र के कारण म गिरफ्तार पर्दैछु पत्तै थिएन ।
पछाडि लगाएको हत्कडि , घुडा टेकाएर प्रहरी भेनको सिटमुनि खादेको मेरो शरीर , घोप्टिएको शरिर माथि २ प्रहरिका ४ थान खुट्टा, दुर्घटनामा परेर स्टिल राखेको बायाँ खुट्टाको दुखाई , उहीँ बेला प्रहरिले बिजयभावमा थोरै अपशब्द सहित लिएको प्रारम्भिक बयान , थोरै भय , धेरै कौतुहलता र केही आशंकाको त्रिवेणीमा चोपलिदै थिएं म ।राज्यले योजनाबद्ध फसाउने उदेश्यले मलाई गिरफ्तार गरेको कुरामा ढुक्क नहुने कुरै भएन त्यो क्षण ।
जिल्ला प्रहरी कार्यलय मोरङ पुगियो , उल्लासयुक्त मुद्रामा केही प्रहरी अधिकारी को पर्खाई मेरै लागि रहेछ। मेरा फोनहरु खनारमै नियन्त्रणमा लिइसकेका थिए , मेरो शरिर खान तलासि भयो । साथको झोलामा एकजोर लुगा, ५० हजार पैसा, जो साथिको उपचारका लागि मागेर राखेको थिएं। महाधिवेशन विशेष दुई थान केन्द्रीय पत्र र एक बुङ्ग सहयोग रसिद थियो। साथको पर्समा भएको पैसा , मुक्तिखवर प्रकाशन गृहको प्रदेश १को मुख्य सम्बाददाताको परिचयपत्र , र केही भिजिटिङ कार्डहरु देखियो त्यहाँका प्रहरीको भाषा पाच्य थिएन बारबार अश्लिल शब्दले हकार्थे, ६ सालदेखि तेरो फलो गरेको हुं , पुर्वी इलाममा सुमन सिंह पौडेल लगायतको समूह , उमा भूजेल र अन्य कमरेडहरु पक्रिएर जेल पठाउने मै हुं, तँ पनि १०—१२ बर्षलाई जाकिन्छस, भोलि वाट हेर्दै जा ।हुङ्कार सहित फलाकिरहेका थिए ती प्रहरी अधिकारी ।
रातको झण्डै ११ बजेको रहेछ , मेष र चमेना गृह बन्द भै सकेको ले वाईवाई खानु मगाइदिन्छु भने , मलाई भोक भन्दा प्यास लागेकोले पानी मात्र खाने बताएं , अर्को कोठामा साथि बिपिनलाइ राखिएको रहेछ , उनले चाउचाउ मगाएका रहेछन । चाउचाउ आएको खवर पछि थुनुवा डायनिङ कक्षमा लगियो साथि बिपिन र मेरो भेट भयो , घटना बारे संक्षिप्त कुरा भए , बयान बारे सामान्य सरसल्लाह भयो , मेरा साथको ५७,६०० रुपैयाँ सहितका सबै सामाग्री उनीहरुले नै राखेका थिए , अरु दिन नमिले पनि पैसा साथमै राख्छु भन्दा भोलि सल्लाह गरौंला वान सर लाई जाहेर गरेकै छैन भन्ने जबाफ दिए । मलाई थुनुवा हिरासत कक्षको १ नं कोठामा राखे भने साथि बिपिनलाई ४ नं मा छिराए , जता भए पनि संगै राखिदिन गरेको मेरो अनुरोध वास्तै गरेका थिएनन् ।
भोलिपल्ट बिहानै बाहिर निकालेर हत्कडि भिराइयो, अनुहारमा नकाबहरु पहिराइयो , पत्रकार सम्मेलनको तयारि रहेछ, जब पत्रकार सम्मेलनमा उभ्याइयो , । दिपक पोख्रेल दर्जनौं पत्रकार मित्रहरुको अगाडि बोलिरहेका थिए , चन्दा आतंक मच्चाउने गिरोह , वम राखेर आतंक सृजना गर्ने समूह , आपराधिक पृष्ठभूमिका मान्छेहरु लगायतका अभियोगहरु लाइरहेको सुनें पक्राउ गर्नुको कारण , फसाउने उद्देश्यले लगाईने मुद्दाको आँकलन उनका कुरा सुनेरै गरिरहेको थिएं। मलाई पत्रकार मित्रहरुले सोधेका प्रश्नको जबाफ समेत दिन दिएनन् हामीलाई ।जिल्ला प्रहरी प्रमुख दिपक पोख्रेलको सरुवा भैसकेको रहेछ , प्रहरी प्रमुखमा नवराज कार्कीको पदस्थापन भएपछि हामिलाइ राजनैतिक व्यवहार गर्न थालियो ।
सप्तरिका यादव थरका बरिष्ठ हवलदार र असई चाहिं हामिलाई राम्रो व्यवहार गर्थे।
हेटौंडा बाट केही समय अघि गिरफ्तारी पर्नुभएका क बिश्वास र देव जि को बयानको केही मुख्य अंश लिएर एक प्रहरी अधीकारी आएका रहेछन।कार्यकक्षमा सामन्य सोधपुछ गरे, हाम्रो र उताको बयान मिलाउने र उताको साथिहरुलाई लगाएको मुद्दा समेत संलग्नता देखाउने प्रयास देखियो उनिहरुको।काठमाडौबाट जिल्ला सचिव क हृदयको लगायतको गिरफ्तारिको सुचना त्यहिं थाहा पाएं ।पत्रपत्रिका पढ्ने सुबिधा समेत थिएन बाहिर के भैरहेको छ केही थाहा? जानकारि हुने कुरै थिएन ।
सायद ६ गतेको दिन हुनपर्छ , बिहानै थुनुवाकक्ष आएछन म सुतिरहेकै थिएं । ओ मिश्र कमरेड यसरी सुत्नु भएन नि समाज रुपान्तरण गर्ने योद्धा भन्दै जिस्किए , हतपत फ्रेस भएर शुभप्रभात साहेब भन्दै शिष्टचार जनाए , ऊनि अलिक प्रफुल्ल मुद्रामा देखिन्थें , तपाईं ब्यवस्था बदल्छौं भन्नु हुन्छ ूतपाईंको पार्टीले आज राति १२ बजेनै उत्तानोटाङं लाइसक्यो ू कुराको आसय बुझ्न नपाउदै कसैले बोलाए उनलाई भरे भेटौंला भनेर हिडिहाले , मैले के भनेको हो कुरा बुझ्नै सकिन , अघिल्लो राति ९ बजे ठुल्दाई को हो भनेर सोधे मैले मेरो जेठो दाजु हो भने , महवीर हो तेरो ठुल्दाई ? आज थाहा भयो तेरो ठुल्दाई भनेको महावीर रहेछ । यो नम्बर महावीरको हो कि हैन भनेर कल डिटेल्सको लिष्ट भएको पेपर देखाए । धेरै सम्पर्क भएका नम्बर कसकसका हुन सोधियो मैले कुन नम्बर कसको हो मलाई थाहा जानकारि भएन , मलाई मैले प्रयोग गर्ने नम्बर समेत थाहा छैन , म दैनिक ५००—१०००( मान्छे संग प्रत्यक्ष— परोक्ष सम्पर्कमा रहेने भएकोले कसको नम्बर भनेर भन्न नसक्ने जबाफ दिएं ।र, म झापा जिल्ला सचिव भएकोले महावीर संग सिधा सम्पर्क नभएको , उनलाई नदेखेको र चिन्दिन भने । अनुसन्धान अधिकृत हेमराज ओलिले अगाडि उभिएका एक जवान लाई हातले कुनै इसारार संकेत दिएर बाहिरिदै ढोका लगाए , बाहिर बाट गिदिमा पानी छ भन्छ बायाँ खुट्टोमा स्टिल छ दाइनेमा मात्र गर भनेको प्रष्ट सुने , साधा पोषाकका २ ले अपशब्द सहित दायाँ पैतालामा पाइप बजाउदै यो नम्बर महावीरको हो मेरो सम्पर्क थियो चिन्छु र यो घटना उनको निर्देशनमा भएको हो भन्न दबाब दिएका थिए । मैले मार्दिनुस तर म यो कुरा स्विकार गर्दिन , बरु केके आरोप लाउनुछ लाउनुस म अदालतमा मात्र जबाफ दिउलां भने। एकातिर अघिल्ला दिनको यातनाले दायाँ पैताला भतभत पोलिएहेको थियो अर्कोतिर पार्टीले उत्तानोटाङ लगाईसक्यो भन्ने कुराको अर्थ के हो ? बुझ्न सकिरहेको थिएन , मलाई कतै फोन सम्पर्क डिटेल्सका आधारामा जिम्मेवार कमरेडहरुको गिरफ्तारी पो भयो कि भन्ने आशंकाले सतायो । छटपटिएं यादव थरका असई जसले हामिलाई राम्रो व्यवहार र हामि प्रति शुभेच्छा राख्थे , उनलाई मसंग भेट्न पर्ने छ भनेर खवर पठाएं , सम्पर्कको अर्को सुत्र पनि थिएन । बिहानि खाना पनि खान मन लागेन सार्जनिक दुर्यब्यवहारको अनुसन्धानमा रहेका बिराटनगरका अनिल आचार्य ले दिएको एक गिलास फ्रेस जुस खाएर दिन कटाएं । बेलुकि खाना समय भएछ ,मुद्दा फाँट नजिकै थुनुवा भोजन कक्ष, यसो मुद्दा फाटँको झ्यालवाट भित्र नजर डुलाएं बरिष्ठहबलदार ओखलढुङ्गाका उता नहेर्न भन्दै थिए , संयोगले म्क्ए मुद्दा फाटँमै रहेछन , हातले इसारा गरें उनले भेटे मेरो कौतुहलता को समाधान गर्ने बाटो खुल्यो।ऊनले काङ्ग्रेस संगको समिकरण भङ्ग भयो , प्रचण्डले एमालेको फेरो समाए , रवी को गृहमा हल्ला छ , अन्तत नारायणकाजिले यति राम्रो गर्दा गर्दै लातहानि छाडे भन्ने कुरा गरें, मन अलिक शान्त भयो मेरो कौतुहलता र तनाब को हल भयो , गज्जपले भोको पेट भरेर सुतियो त्यो रात ।
मेरो थुनुवा कक्षमा प्राय सबै सचेत र शिक्षित र अलिक सरसफाई भएका थुनुवा थिए, सवारि ज्यान मुद्दामा अनुसन्धान रत राजु सहनि जो माओवादि केन्द्रका मोरङका नेताका छोरा रहेछन, सवारी ज्यान मुद्दाकै नोबेल मेडिकल कलेजका मेडिकल पर्सन प्रदिप बिक्रम साह , सोही मुद्दाका खनार सामुदायिक अस्पतालका मेडिकल पर्सन मोहम्मद रवीन , सार्वजनिक गालि बेइज्यति मुद्दाका अनिल आचार्य जो लामो समय कम्युनिस्ट पार्टीको सदस्य भएका अग्रज,लागू औषध मुद्दाका आरोपी विराटनगरका यूवा ब्यवसायी मेरा पुराना मित्र सोहन सहनि लगायत भएपछि हिरासद कक्ष पनि राजनितिक बहसको थलो नै बनेको थियो , सबैका बुझाई र अनुभवहरु को आदानप्रदान मै समय कट्थ्यो ।
पत्रकार सम्मेलनको भोलिपल्ट छापा ,अनलाइन र श्रब्यदृष्य संचारमाध्यमले हाम्रो बारे समाचार प्रकाशन— प्रसारण भएछन , त्यसकै आधारमा अभिवक्ता चन्द्रा थापा भेट्न आउनु भएछ , उनलाई शान्ति प्रक्रिया पछि कन्काई क्याम्पस बिर्तामोडको इकाई अध्यक्ष बानउदै संगठित मैले नै गरेको थिएं , उनिसंग छोटो कुरा हुनपायो आवाश्यकीय कानूनी प्रक्रिया पूरा गर्न र परिवार एवं पार्टी कमिटिमा सम्पर्क रसमन्वयको लागि लगाए केहिदिन पछि अधिकारकर्मी केही पत्रकार र केही शुभेच्छुक हरु संग भेटघाट भए, एकदिन राति मेरा धरानका साथि सन्तोषका भाई र अरु दुई युवालाई नियन्त्रणमा लिइएको रहेछ , सन्तोषका भाई म भएकै कार्यकक्षमा छिराए , १५० केजि प्रतिबन्ध लागुऔषध गाजा बरामद गरेको रहेछ , तथापि ५ दिन राखियो मुद्दा अभद्र व्यवहार चल्यो ।
७—८ दिन पछि दिउँसो ५ बजे तिर एकजना प्रहरी अधिकृत देखापरे , मनिष को हो ?उनको सोधाइ पछि मैले म भएको जानकारि गराएं, एक प्रहरी हवल्दारलाई दाईलाई माथि लिएर आउन भने , उनि इन्सपेक्टर रहेछन । उनको कार्यकक्षमा चिनजान भयो , इलामको लक्ष्मिपुर तिरका कोको माओवादी चिन्नुहुन्छ दाइ ? अती नै आदरपुर्वक प्रश्न गरे , कुन प्रयोजनले सोधिरहेका छन , फलानो चिन्छु भनौं अफठ्यारो पर्ला भनेर माओवादी केन्द्र इलाम का नेता राजकुमार लाई मात्र चिन्दछु भने, मुसुक्क मुस्कुराए चिया र खाजा मगाउदै त्यसोभए सबै चिन्नुहुन्छ भन्दै महान शहिद देवेन्द्र पौडेल ( दिनेश) एक हुनहार युवा असल राजनितीज्ञ गुमे भन्दै सहानुभुति राखे उनका भाइ संगै पढेको , आमाबुबा पनि भेटिरहन्छु पारिवारिक सम्बन्ध छ , मेरो माओवादी आन्दोलन धरासायी भयो र नेता बिग्रिए तर आपराधिकरण गर्नु हुदैन भन्ने मत रहेको कुरा जनाएँअरु मेरो मुद्दाको बिषयमा थोरै जानकारि लिए र छुट्ने वेला भने दाइ नआतिनु तपाईं हरुको राजनैतिक कुरा हो केही क्षति पनि भा छैन धरौटि खुल्छ पछि भेटौंला । मैले मलाई यातना किन दिएको भनेर सोधें , ए त्यसो पनि भयो र ? नहुनु पर्ने बुझौंला भनेर मलाई बिदा गरे , समान जिम्मेवारीका दुई अफिसर हरुको बुझाई र व्यवहार बिल्कुल फरक किन छन त , कौतुहलता खेलिरह्यो ।
२८ दिन पछि मुद्दा पेश भयो माननीय प्रकाश कोइरालाको इजलासमा बयान भयो , आफ्ना कुरा राखियो , अधिवक्ता चन्द्रा थापा र सुवेदी सरले थुनछेक बहस गर्नुभयो , जनहि २५०००, का दरले धरौटि खुलेको जानकारि भयो हामी मोरङ जिल्ला कारगार चलान भयौं। कारागार कार्यलय छिरियो, सिमित एरिया कैदि, वन्दीको अधिक चाप ले असहज हुने त भैहाल्यो , खानपान ठिकै लाग्यो तथापि संझाउने नाम मा अस्लिल शब्दका समुन्द्रका नामको हप्काई र दप्काई कसैसंग बोल्न त के शीर निहुराएर भित्तो हेरेर बस्नु पर्ने , आफुसंग भएको पैसा र भेटघाटमा आउने आफन्त र शुभेच्छुकले दिएको पैसा आफुसंग राख्न नपाउने आप्र मा बुझाउनु पर्ने, बाहेक अन्य कुरा ठिकै सहजै थिए । भोलिपल्ट हामी कारागार मुक्तभएको माइकिङ भयो आन्तरिक प्रशासन बाट अवीरजात्रा र उपहार सहित हौसला पूर्ण बिदाई भयो, जिल्ला कारागार बाटअदालत पुगेपछि तारेक लिएर जिप्रका मोरङ पुगियो हाम्रा सामग्रि र पैसा५७६००फिर्ता हुन्छ कि भनेर तर जिम्मेवार प्रहरी अधिकारीसंग भेट हुन सकेन । भोलि पल्ट जिप्रका मोरङ पुगियो कुरा राखियो तर उक्त रकम बरामद भएको देखिदैन भनेर फिर्ता भएन । पार्टी केन्द्रीयकार्यलयको परामर्शपछि म खालिहात फर्किएँ। हामी समाज परिवर्तन लागि लड्नेहरुको त देखादेखि लुट्छन भने सर्वसाधारण र आवाज बिहिन नागरिक कति अन्यायमा पर्दाहोलान ? सायद यहि मनोबिज्ञानका कारण राज्यप्रति आम नागरिकको विश्वास टुट्छ भन्ने यसैले पनि पुष्टि गरेको छ ।
२१ बैशाख २०८१ , नारायणथान ,काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button