खबर

नेपालसँग चीनको चित्त दुखाई

चौतारी पोष्ट अनलाइन डट कम

मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकट/अप्रकटरुपमा चीनबाट कुरा उठ्न थालेका हुन् ।

अनौपचारिक संवादमा भन्छन्– अमेरिकनलाई पनि पहिला चिनियाँ पर्यटकसरह पाँच महिना(एक सय ५० दिन) को प्रवेशशाज्ञा दिइन्थ्यो भने अब एकचोटीमा ६ महिना बस्न पाइने गरी ५ वर्षको एकमुष्ट भीषा दिने प्रचलन शुरु भएको छ ।

उनीहरुको भनाइ छ, ‘सबभन्दा बढी पर्यटक हामीले पठाउने, नेपाली भूमी प्रयोग गरी गिजोलिरहनेलाई च्याप्ने, बरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपले विकास, निर्माणका अनेक सहयोगमार्फत गुण लगाइरहेको छिमेकीलाई यस्तो व्यवहार गर्ने ?’

सुपुर्दगी सन्धिको प्रस्ताव वर्षौदेखि अड्किएकोमा अघिल्लो महिना ब्युँतियो । गृहसचिवको नेतृत्वमा रातारात, उच्च गतिमा मस्यौदा तयार पनि भयो । तर, त्यो डकुमेण्ट दुई देशका राष्ट्रपतिको उपस्थितिमा हस्ताक्षर गर्ने बेला एजेण्डाबाटै उडाइयो । यसमा पनि चिनियाँको चित्तदुखाइ छ ।

त्यही बेला काठमाडौँ बस्दाबस्दै ‘चीनविरोधी गतिविधि गर्नेको हड्डी धुलो परिनेछ’ भनी राष्ट्रपति सी चिनफिङको अभिव्यक्ति आएको हो । त्यसको सांकेतिक अर्थ बल्ल खुल्न थालेको छ ।जनआस्था साप्ताहिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button