खबर

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निष्काशित

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ कार्यसमितिको बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिइएको छ ।

देशबाट धर्म निरपेक्षता, संघीयता खारेजी गर्ने एजेण्डा लिएको अभियानका विरुद्ध ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिन थालेपछि उनलाई निष्काशन गरिएको विज्ञप्तिमा जनाइएको छ । अभियानले राजतन्त्रको वकालत गर्ने एजेण्डा राखेको भए पनि शाहीले गणतन्त्रको पक्षमा अभिव्यक्ति दिन थालेपछि उनलाई निष्काशन गरिएको बताइएको छ ।

अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

सञ्चारपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button