
झापाको मेचीनगर नगरपालिकाले आफ्ना सल्लाह,सुझाव र गुनासा पटक पटक राखे पनि नसुनेपछि यहाँका ६ राजनीतिकदले भदौको पहिलो साताबाट शान्तिपूर्ण आन्दोलन गर्ने भएकाछन् । जनचासो र जनसरोकारका विषयका बारेमा आफुहरुले पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराएको तर त्यसको सुनवाई नभएपछि आन्दोनलमा जान बाध्य पारिएको भन्दै नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी)राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाले संयुक्त विज्ञप्तिमार्फत शान्तिपूर्ण आन्दोलन गर्ने बताएकाछन् ।



