मूल खबर

जीप दुर्घटनामा १४ को मृत्यु, १२ को नाम खुल्यो !

चन्द्रप्रकाश शर्मा

पोखरा, मङ्सिर १७ गते । मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङको बडिगाढ गाउँपालिका वडा नं. ७ जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट बागलुङको निसीखोला गाउँपालिकाको देविस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको कोप्चेको भीरमा खसेको थियो । मृत्यु हुनेहरुमा गुल्मीको इस्मा गाउँपालिका वडा नं. ४ का सवारी चालक २५ वर्षीय रेशम थापा, ४० वर्षीय सीता कार्की, ६५ वर्षीय झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीय भूमी कार्की, २५ वर्षीय मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, इस्मा गाउँपालिका वडा नं. ५ का ३० वर्षीय सूचना कार्की, ४० वर्षीय बसुन्धरा कार्की, २३ वर्षीय माया थापा, नवलपरासी बर्दघाट नगरपालिका वडा नं. २ का मुमा कार्की, बागलुङको बडिगाढ गाउँपालिका वडा नं. ७ का ५५ वर्षीय लक्ष्मी केसी रहेको प्रहरीले जनाएको छ । मृतक मध्य एक पुरुष र एक बालिकाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते नवलपरासी बर्दघाट नगरपालिका वडा नं. २ का जीवन कार्की र अन्य नाम नखुलेका एक महिला र बालिकाको अवस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउँने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिपमा कुलपुजाका लागि निसीखोलाको बायोखोला जाँदै गरेका यात्रु सवार थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

१० जिल्ला गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष ३० कि सुचना कार्की ।
२० जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ को रेशम थापा (चालक)
३० जिल्ला गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष ४० कि बसुन्धरा कार्की ।
४० जिल्ला गुल्मी ईस्मा गाउपालिका ५ बस्ने बर्ष २२र२३ कि माया थापा ।
५० जिल्ला नवलपरासी बर्दघाट नपा २ बस्ने बर्ष ६० कि मुमा कार्की ।
६० जिल्ला बागलुङ बडिगाड गाउपालिका ७ बस्ने बर्ष ५५ कि लक्ष्मी केसी ।
७० जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० कि सिता कार्की ।
८० जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ कि झवी कार्की ।
९० जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४० को महेन्द्र कार्की ।
१०० जिल्लास गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ४५ कि भुमी कार्की ।
११० जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष २५ कि मिना बस्नेत ।
१२० जिल्ला गुल्मी ईस्मा गाउपालिका ४ बस्ने बर्ष ६५ को धन बहादुर कार्की ।
१३० नामथर बतन नखुलेको पुरूष १ जना ।
१४० नामथर बतन नखुलेको बालिका १ जना । हाल सम्म नामखुलेका

घाइतेहरू

१० जिल्ला नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने बर्ष २०र२२ को जीवन कार्कीशरीरमा भित्री चोपट अवस्था बेहोस ।
२० नामथर बतन नखुलेको महिला १ जना सिरियस ।
३० नामथर बतन नखुलेको नाबालक १ जना सिरियस ।

 

गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button