खबर

राष्ट्रियता रक्षाका लागि सर्जकहरू सडकमा

काठमाडौँ : कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत देशका विभिन्न भूभागहरूमा भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध देशभक्त तथा क्रान्तिकारी कवि/सर्जकहरूले सडक कविता आन्दोलनको सुरुआत गरेका छन् । काठमाडौँको गोङ्गबु चोकमा मङ्गलबार सम्पन्न सडक कविता आन्दोलनमा १५ भन्दा बढी विभिन्न कविहरूले सीमा अतिक्रमण र भारतीय हस्तक्षेपका विरुद्ध कविता वाचन गरेका थिए ।

कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्यसमेत रहेका कवि बीपी विद्रोही, महेन्द्र थुलुङ राई, दिपेन सिम्खडा, साहित्यकार रत्नप्रसाद अनामणि, विज्ञान शर्मा, नारायण ढकाललगायत स्रष्टाले कविताका माध्यमबाट राष्ट्रियता रक्षाको माग गरे ।

कार्यक्रममा दर्जनौँ स्थानीय बासिन्दाको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा कविता वाचन गर्दै कवि एवम् सडक कबिता आन्दोलनका अभियन्ता रसुवाली कविले राष्ट्रियता सङ्कटमा परेको बेला सबै कवि, सर्जक एवम् साहित्यकारहरूलाई सडकमा ओर्लिन आह्वान गरेका थिए ।

त्यस्तै अर्का सर्जक एवम् अभियन्ता बीपी विद्रोहीले सडक कविता आन्दोललाई निरन्तरता दिने बताए । राष्ट्रियता सङ्कटमा परेको समयमा नेपाल कम्युनिस्ट पार्टीले पहिलो चरणको सङ्घर्षको कार्यक्रम सम्पन्न गरी दोस्रो चरणको आन्दोलन स१ञ्चालन गरिरहेको समयमा कविहरू सडकमा ओर्लिनुलाई निकै महत्वका साथ हेरिएको छ ।२०७६, २४ मंसिर मंगलवार ई-रातो खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button