खबर

पौडेल वंशोद्वारको गोठधुपमा ज्येष्ठ सदस्य सम्मानित

काँकरभिट्टा / पौडेल वंशोद्वार वडा समिति मेचीनगर–६ ले बिहीबार एक कार्यक्रमको आयोजना गरी १८ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

समितिले गोठधुप पूजाको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । मेचीनगर–६ निवासी ख्याम पौडेलको निवासमा आयोजित गोठधुप पूजामा केन्द्रीय, जिल्ला, नगर तथा वडा समितिका पौडेल बन्धुहरुको उल्लेख्य उपस्थिति थियो । पौडेल वंशोद्वार वडा समितिका अध्यक्ष सन्तोष पौडेलको सभापतित्व तथा केन्द्रीय समिति अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसक्रममा प्रमुख अतिथि पौडेलले पौडेल बन्धुहरुको संगठन विस्तारलाई देशभर प्राथमिकताका साथ अगाडि बढाइएको बताए । सो अवसरमा खड्गबहादुर, मनमाया, सीता, प्रेमकला, खडानन्द, डिल्लीराम, रामबहादुर, ढुण्डीराज, लेखनाथ, बुद्धिनाथ, यमबहादुर, विमला, मेघबहादुर, कृष्णमाया, चन्द्रबहादुर, खडिमाया र रुद्रबहादुर पौडेललाई सम्मान गरियो ।

कार्यक्रममा आयोजक समितिले सशस्त्र प्रहरी गुल्म काँकरभिट्टाका डिएसपी ज्ञानमणि पौडेललाई समेत सम्मान गरेको छ । उपाध्यक्ष गिरीराज पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडा सचिव काशीनाथ पौडेलले गरेका थिए ।janasmsad

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button