खेलकुद

तेक्वान्दोका साग पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकु)– नेपाल तेक्वान्दो संघले उपाध्यक्ष तथा सुमेर ग्रुपका अध्यक्ष भरत महर्जनबाट प्राप्त पुरस्कार यसै साता १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता आफ्ना खेलाडीलाई शनिबार वितरण गरेको छ । तेक्वान्दोले देशका लागि सबैभन्दा बढी स्वर्ण पदक जितेको थियो ।

नेपालले जितेका ५१ मध्ये तेक्वान्दोका मात्र १२ स्वर्ण छन् । सागमा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कास्य गरि २९ पदक जितेको थियो । तेक्वान्दोबाट भाग लिने सबै खेलाडीले पदक जितेका थिए ।

संघका अध्यक्ष प्रकाश शम्सेर राणा, महासचिव दीपकराज गुरुङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवंम् एनओसी उपमहाचिव पिताम्बर तिम्सनाले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

संघले स्वर्ण पदक विजेतालाई ५०, रजत पदक २५ हजार र कास्य पदक विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै जोडीमा स्वर्ण जित्नेलाई २५ हजार र टिमका स्वर्ण पदक विजेतालाई २० हजार रुपैयाँ तथा व्यवस्थापक र प्रशिक्षक जनही १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । सुमेरुले पदक विजेता खेलाडी र उनीहरुको परिवार सदस्यलाई ५० प्रतिशत सम्म छुट दिइने घोषणा गरिएको छ ।

आशया सुमेरुको ब्रान्ड एम्बासडर

सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई सुमेरु ग्रुपले आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । नेपाल तेक्वान्दो संघले शनिबार खेलाडी सम्मान गर्ने सिलसिलामा सुमेरुले उनलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको थियो । आशयाले एकल पुम्सले जोडीमा स्वर्ण पदक जितेकी थिइन् । सागमा यसअघि पनि आयशाले १ स्वर्ण र २ रजत तथा एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button