कला

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो।

उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन। ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्। करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए। उनले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button