
लेख्नु छैन मलाई कहिल्यै आफ्नाे जितकाे प्रशंसा
लेख्नै परे म लेखीदिन्छु अतितका गाेरेटाेहरूका कथा
पटक पटक हार भाेगेर पनि मुस्कुराएकाे मान्छे म
लेख्नै परे लेखाैला मेराे इमान र स्वभिमानकाे कथा।
माैका मिल्याे भने कुनैदिन उताराैला काेरा कागजमा
आफ्नै काँधमा थाेपरिएका जिवन्त खेपेका व्यथा
हिड्न पनि बारम्बार ठाेकर खाएर लडेर नै सिकेकि हुँ
लेखाैला तिनै विवश पात्रभित्रका इन्सानका कथा।
मैनबत्तिझै तप्प तप्प पग्लिएर ढिकाे बनेकाे मान्छे म
चेतन मनकाे बजारमा सम्पतिकाे तुलना गर्न सक्दिन
समयसँगै परिस्थिति बद्लिएर श्रम गर्दै उठेकाे मान्छे म
पर्दा पछाडि लुकेका हजाराै तुफानी विवशता लेखाैला।
लेखाैला तिम्राे घर र वंश बसेकाे घरभित्रकाे कथा
डाेकाे बाेकि जङ्गल चाहार्दै घाँस दाउरा गरेकाे व्यथा
लेखाैला उन्मत्त याैवनामा रमेकाे मधुर वाणिका वाचा
लेख्नै परे लेखाैला मान्ठका तिरस्कारले ढलेकाे कथा।
लेखाैला सुनसान रातमा साक्षी बनेकाे सिरानीकाे कथा
रूदारूदै निख्रिन नसकेकाेआँसु लुकेकाेआँखाकाे बेथा
लेखाैला तनकाे सन्दुकभित्र बन्द इतिहासका खरार्टा
लेख्नै परे लेखाैला तिमीले उघारेकाे घुम्टाेभित्रकाे कथा

