
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकमा पार्टीको भविष्यबारे गम्भीर बहस भएको छ। अधिकांश नेताहरूले अब धेरै समय अलमल नगरी स्पष्ट निर्णय गर्नुपर्नेमा जोड दिएका छन्।
बैठकमा पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने, तर एकता सम्भव नभए वैकल्पिक शक्ति वा नयाँ राजनीतिक संगठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा व्यक्त गरिएको छ। नेताहरूले साझा निर्णयमार्फत कांग्रेसको वैचारिक निरन्तरता कायम राख्ने विषयमा समेत जोड दिएका छन्।
अब कांग्रेसभित्रको आन्तरिक राजनीति कुन दिशातर्फ मोडिन्छ? पार्टी एकता हुन्छ कि नयाँ राजनीतिक शक्तिको जन्म हुन्छ? यस भिडियोमा बैठकका मुख्य निर्णय, नेताहरूका धारणा र यसको राजनीतिक प्रभावबारे विस्तृत जानकारी प्रस्तुत गरेका छौं।



