खेलकुद

विलियन चम्कदा चेल्सीसँग टोटेनहमको हार

एजेन्सी – ब्राजिलियन विंगर विलियनको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । चेल्सीले टोटेनहमलाई उसकै मैदानमा २–० ले हराएको हो ।

टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई पराजित गर्न विलियनले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा माटियो कोभासिसको पासमा विलियनले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता लिन सफल भएको थियो ।

प्हिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा विलियनले पेनाल्टीमार्फ गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएको थियो ।
मार्काेस अलन्सोलाई पेनाल्टी बक्समा गोलरक्षक पाउलो गाजानिगाले लडाएपछि भिएआरको सहायता चेल्सीले पेनाल्टीको मौका पाएको थियो। जसलाई विलियनले कुनै गल्ती गरेनन् ।

घरेलु टोलीलाई चेल्सीले दोस्रो हाफमा दवावमा राखेपनि थप गोल गर्न सकेन । ६२औं मिनेटमा टोटेनहमका ह्युङ मिन सन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । एन्टेनियो रुडिगरमाथि खराव ट्याकल गरेसँगै भिएआरको सहायतामा सनलाई रातो कार्ड देखाइएको थियो। त्यसपछिको फाइदा चेल्सीले उठाउन नसकेपनि चेल्सी २–० ले विजयी हुन सफल भयो । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड आफ्नै पुर्व प्रशिक्षक जोसे मोउरिन्होविरुद्ध बाजी मार्न सफल भए ।

जितपछि चेल्सी १८ खेलबाट ३२ अंक जोडेर चौथो स्थानमा यथावत छ । पराजित टोटेनहम २६ अंकसहित सातौ स्थानमा छ । १७ खेलबाट लिभरपुल ४९ अंकसहित शीर्ष स्थानमा रहँदा लेस्टर सिटी ३९ अंक जोडेर दोस्रो तथा म्यानचेस्टर सिटी ३८ अंकसहित तेस्रो स्थानमा छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button