
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सम्भावित आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। सरकारले प्रतिशोध साँध्न सक्ने भन्दै उनले आफू वा पार्टीका नेता–कार्यकर्ता पक्राउ परे लाखौँको संख्यामा सडकमा उत्रिने चेतावनी दिएका छन्। साथै, एमाले पुनः सरकारको नेतृत्वमा पुग्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई अघि बढाउने दाबी पनि गरेका छन्।



