भिडियो चौतारीमूल खबर

इरानमा २१ वर्षीया युवतीलाई मृत्युदण्ड! जुम्ल्याहा बहिनीलाई २५ वर्ष जेल

इरानमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा २१ वर्षीया युवती तारानेह रहीमीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनकी जुम्ल्याहा बहिनी रोमिनालाई भने २५ वर्षको जेल सजाय सुनाइएको छ।

जेलभित्र चरम यातना दिइएको, कुटपिटका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको र दबाबमा अपराध स्वीकार गर्न बाध्य पारिएको परिवारको आरोप छ। यस घटनाले इरानमा मानवअधिकार, महिला अधिकार र मृत्युदण्डको प्रयोगबारे अन्तर्राष्ट्रिय बहस चर्काएको छ।

संयुक्त राष्ट्रसंघ, एमनेस्टी इन्टरनेसनल र अन्य मानवअधिकारवादी संस्थाहरूले सार्वजनिक गरेका पछिल्ला तथ्यांक, इरानी सरकारको प्रतिक्रिया तथा मृत्युदण्डको जोखिममा रहेका अन्य महिलाको अवस्थाबारे यस भिडियोमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ।

समाचार पूरा हेर्नुहोस् र आफ्नो विचार कमेन्टमा राख्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button