खबर

जीटीए चेयरम्यान अनित थापाले वृद्धाश्रममा मनाए क्रिसमस

खरसाङ : आज क्रिसमस पर्व संसारभरिकै विभिन्न ठाउँहरूमा मानिसहरूले पालन गर्दै विभिन्न प्रकारले आजको दिनलाई हाँसी खुसीको साथमा रमाइलो बनाउने गर्दछन्। यसको साथै आजको दिनमा एकअर्कासँग मानिसहरूले खुसीहरू साट्नको साथै क्रिसमसको शुभकामना दिइरहेको देखियो। यसै क्रममा आज क्रिसमस पर्वको उपलक्ष्यमा आफ्नो खुशी बाँड्न साथै रमाइलो तुल्याउन खरसाङ तीनधारेस्थित वृद्धाश्रम शान्त भवनमा जीटीएका अध्यक्ष अनित थापा आइपुगेका थिए। तिनले त्यहाँ भएका वृद्ध-वृद्धाहरूसँग बडो हर्षोल्लासको साथमा क्रिसमस पर्व मनाउनको साथै तिनीहरूलाई उपहार तथा क्रिसमस केक काटेर वितरण गरे।

यस अवसरमा ती असहाय वृद्ध-वृद्धाहरू पनि औधी खुसी देखिनको साथै जीटीए चेयरम्यान थापालाई तिनीहरूले क्रिसमसको शुभकामना एवम् आशीर्वाद दिए। क्रिसमस महोत्वसको अवसरमा यहाँका विभिन्न चर्चका सिस्टरहरूलगायत ख्रीष्ट धर्मावलम्बीहरू उपस्थित थिए भने चेयरम्यान थापाले ती गरिब वृद्धा तथा सिस्टरहरूलाई आफ्नै हातले केक पनि खुवाए।SILIGURI TIMES/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button