
इटहरी । सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन । जसले दुर्घटना र त्यसबाट सिकार हुनेको संख्या बढेको बढ्यै छ ।
ट्राफिक प्रहरी कार्यलयकै खाता पल्टाउने हो भने पनि पूर्वमा दैनिक एक जना भन्दा वढि सर्वसाधरणले दुर्घट्नाकै कारणवाट ज्यान गुमाईरहेको तथ्याङक भेट्न सकिन्छ । महिनाको सरदर दैनिक एक जनाले सडक दुर्घट्नाकै कारण अकालमै ज्यान गुमाईरहेको भए दुर्घट्ना बढ्नुको कारण के हो ? किन बढिरहेको छ ? भन्ने बिषयमा कुनै निकायले पनि चासो दिएको छैन ।
सवारी दुर्घटनामा मात्र विगत पाँच वर्षको अवधिमा पूर्वमा २ हजार १ हजार ६ सय २४ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन । प्रदेश नम्बर १ को ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार विगत ५ वर्षमा भएका करीब १६ हजार सवारी दुर्घटनामा १ हजार ६ सय २४ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका हुन।
सवारी दुर्घटनामा आर्थिक वर्ष ०७४÷०७५ मा ४२४ जनाले ज्यान गुमाएका छन । त्यस्तै, आर्थिक वर्ष ०७३÷०७४ मा घाइतेको सङ्ख्या झन् बढी छ । ०७३÷०७४ मा ३ हजार ८ सय २० जना घाइते भएकामा ४ सय ९८ जनाको ज्यान गएको थियो । आर्थि बर्ष ०७५।०७६ मा ३ सय ७३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको तथ्याक छ ।
चालु आर्थिक बर्षको अहिले सम्म १ सय ४९ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । यसरी दिनप्रतिदिन सवारी चाप बढ्दै जानु अनि सडकको गुणस्तर खस्किनुले निरन्तर दुर्घटना सङ्ख्याको बढ्दै गएको तथ्याङ्कले देखाउँछ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार पूर्वमा सडक दुर्घटनामा दैनिक भईरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका ज्ञानु देउजाले बताए ।
चालकको गल्तीले बढी दुर्घटना
सरकारी तथ्याङ्क हेर्दा पूर्वी नेपालमा मात्र होइन मुलुकभर हुने झन्डै ७४ प्रतिशत सवारी साधन दुर्घटना चालकको लापरवाहीका कारण भएको पाइन्छ । तथ्याङ्कअनुसार ४ वर्षको समयमा पूर्वमा भएका अधिकांश दुर्घटना चालकको लापरवाहीले गर्दा भएका छन् ।
सवारी दुर्घटना हुने अर्को कारण तीव्र गति हो । कुल सवारी दुर्घटनाको १३.२२ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको देखिन्छ । यस्तै यात्रुको गल्तीका कारण पनि सवारी दुर्घटना हुने गरेका छन् । यसबाहेक ओभरटेक, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी र ओभरलोडका कारण सवारी दुर्घटना हुने गरेको पाइन्छ ।
जीर्ण सडक पनि कारक
चालक, यात्रु वा पैदल यात्री मात्र होइन जीर्ण भएको सडक पनि दुर्घटनाको कारक हो । वर्षाैंसम्म सडक मर्मत नगरिँदा पनि दुर्घटना वृद्धि भएका छन् । सडक बनाएर छोड्ने तर मर्मत नगर्ने प्रवृत्तिले पनि दुर्घटना निम्त्याउने गरेको चालकहरू बताउँछन् । सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टाछुट्टै सडक नहुनु र भएका सडकको अतिक्रमण हुनुले पनि दुर्घटना बढिरहेको छ ।
‘पिच गरेको बाटो बनिसक्न नपाउँदै भत्किन थाल्छ,’ सुनसरीको ग्रामीण इलाकामा सार्वजनिक यातायात चलाउने कमल राई भन्छन्, ‘बल्लबल्ल बनाएको बाटो बनाउँदै कमसल बनाउँछन् अनि बेलाबेलामा मर्मत गर्ने काम पनि हुँदैन ।’दुर्घटनाको तथ्याङ्क केलाउँदा सवारीको मेसिनरी गडबडी, ओभर लोड, साँघुरो सडक, मापसे, ट्राफिक नियम पालनालगायत अभावले अधिकांश दुर्घटना हुने गरेको छ ।
चालकले सवारीसाधन चलाउँदा धूमपान गर्ने, एउटा हातले मोबाइलमा कुरा गर्ने, सँगै सिटको वा यात्रुसँग गफ गर्ने र ट्राफिक संकेतका बारेमा जानकारी नराख्ने, यात्रुले सडकको जथाभावी र समूहमा भए सडक ढाकेर यात्रा गर्ने र सडकमा छाडा चौपायाको कारणले पनि भईरहेको ट्राफिक प्रहरीको भनाई छ ।
जनसख्याको चाप, पुराना गाडी, वेपरवाह चालक, ओभरलोड, धुलो र खाल्टा भएको मार्ग तर पनि सबै यात्रुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता नेपालीको साझा समस्या भएको छ । दुर्घटना तथा जोखिमपूर्ण क्षेत्रको वर्गीकरण गरी त्यो क्षेत्रमा विशेष निगरानी बढाउनु आवश्यक छ ।
सञ्चारपाटी



