
इनरुवा / बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबाको थुनछेक बहस सुरु हुन लाग्दा अदालत बाहिर निषेधाज्ञा जारी गरिएको छ ।
अदालतले शुक्रबार कृष्ण बहादुर गिरी (सिद्धबाबा) लाई बयान लिने क्रममा देखिएको धर्ना आइतबार (आज) पनि देखिए पछि थुनछेक बहसमा हुलहुज्जत हुने भएकाले सुनसरी जिल्ला अदालत बाहिर निषेधाज्ञा जारी गरिएको हो ।
सिद्धबाबाको बयान लिने क्रममा पक्ष र विपक्षमा आन्दोलन भए पनि आज भने पक्षका मान्छेहरु मात्र अदालत बाहिर हरेराम भजन सहित धर्नामा रहेका छन् ।
प्रहरीले कृष्ण बहादुर गिरीलाई बिराट नर्सिङ होमबाट एघार बजे अदालतमा हाजिर गराए पछि रातो, पहेलो झन्डा सहित आएका समर्थकहरु अदालत बाहिर हनुमान चालिसा र हरेराम भजन गाउदै दबाब दिइरहेका छन् ।सञ्चारपाटी



