खबर

ट्रक पल्टिँदा दुईजना नानीसहित पाँचजनाको मृत्यु

ट्रक पल्टिँदा दुईजना नानीसहित पाँचजनाको मृत्यु

वर्धमान : बालुवा लादिएको एउटा ट्रक अनियन्त्रित भएर एउटा घरमा पल्टिँदा दुईजना नानीलगायत पाँचजना मानिसहरूको मृत्यु भएको छ। उक्त घटना मंगलबार राति दुई बजी घटेको हो। घटनापछि स्थानीय मानिसहरू आक्रोशित भएर पुलिसहरूअघि विरोध प्रदर्शनी गरे। पुलिसले मानिसहरूलाई सम्झाएपछि परिस्थितिलाई नियन्त्रणमा ल्याइयो। दुर्घटनाको समय उक्त ट्रकको चालकले मदपान गरेको आरोप रहेको छ। पुलिसले शव पोस्टमार्टमको लागि पठाउनको साथै एकजना व्यक्तिलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

पुलमुनि झर्‍यो वाहन

दार्जिलिङ : दार्जिलिङ जिल्लाको रङ्गबुल नजिक पक्का पुलमा आज बिहान 3 बजी WB 06E5073 नम्बर भएको एउटा वाहन सडकबाट लगभग 100 फुट तल झरेर दुर्घटनाग्रस्त भएको छ। प्राप्त जानकारीअनुसार सिलगढीबाट चारजना मानिसहरू वाहनमा सवार भएर दार्जिलिङको टाइगर हिलमा नयाँ वर्ष मनाउन गइरहेको समय रङ्गबुल नजिक उक्त वाहन पक्का पुलबाट तल झरेर दुर्घटनाग्रस्त भए तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। घटनाको खबर पाएर जोरबाङ्गलो थाना प्रभारी मिङ्गमा लेप्चा, एसआई रञ्जन दलाई र गोजमुमो केन्द्रीय सदस्य राजेश चौहान घटनास्थलमा पुगेर यात्रीहरूलाई उद्धार गरेर अस्पालमा लगेको समाचार प्राप्त भएको छ।
टोटो युनियनका सदस्यहरूद्वारा धरना

सिलगढी : टोटो युनियनका सदस्यहरूले विभिन्न मागहरू लिएर आज सिलगढीको मेडिकल मोडमा धरना प्रदर्शनी गरे। प्राप्त जानकारीअनुसार टोटो युनियनका सदस्यहरूले प्रत्येक टोटोलाई टिन नम्बर दिनुपर्ने अनि टोटो चलाउनको लागि लगाइएको कानुनी निषेधाज्ञालाई रद्द गर्नुपर्ने माग गरे। संगठनको तर्फबाट यदि तिनीहरूको माग पूरा नभए अनिश्तिकालीन धरना गर्ने चेताउनी दिएको छ।

4 वर्षीय बालकको शव उद्धार

कुचबिहार : कुचबिहार जिल्लाको शीतलकुची विधानसभा अन्तर्गत पर्ने पश्चिम गोसाईहाटमा चार वर्षीय बालकको शव उद्धार भएपछि इलाकामा सनसनी मच्चिएको छ। शीतलकूची ब्लकको पश्चिम गोसाईहाटस्थित एउटा घरबाट अनुपम बर्मन नामक एउटा बालकको शव उद्धार गरिएको छ। प्राप्त जानकारीअनुसार मृतक 4 वर्षीय अनुपम बर्मन हिजो बेलुकीदेखि निखोज भएको थियो। आज बिहान स्थानीय मानिसहरूले उक्त बालकको शव देखेपछि परिवारका सदस्यहरूलाई यसबारे खबर दिए। एउटा मोबाइल फोनको कारणले उक्त बालकको हत्या गरिएको मृत बालकको परिवारका सदस्यहरूले आरोप लगाएका छन्। अर्कोतिर, घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button