खबर

निसानका पूर्वअध्यक्ष कार्लोस गोस्न जापानबाट भागे

टोकियो,

निसान कम्पनीका पूर्वप्रमुख कार्यकारिणी अधिकारी कार्लोस गोस्न जापानबाट भागेर लेवनान पुगेको मंगलबार जापानी सञ्चार माध्यमले जनाएको छ। आर्थिक हिनामिनाको अभियोगमा उनीविरुद्ध जापानमा मुद्दा चलिरहेको छ।

एक विज्ञप्तिमा मार्फत गोस्न आफू न्यायबाट नभई अन्याय र राजनीतिक कारबाहीबाट भागेको जानकारी दिएका छन्। तर उनका वकिलले भने आफू गोस्न्न लेवनान पुगेको खबर सुनेर अक्क न बक्क परेको तथा अहिलेसम्म आफ्नो उनीसंग सम्पर्क भइनसकेको पनि बताएका छन्।

अदालतबाट विदेश भ्रमणमा जान निषेधित गरिएका उनी जापानबाट कसरी भाग्न सफल भए भन्ने स्पष्ट हुन सकेको छैन। अनुमानित करिब १२ करोड अमेरिकी डलरबराबरको सम्पत्तिका मालिक गोस्न सन् २०१८ को नोभेम्बरमा पक्राउमा नपर्दासम्म विश्वको कार उत्पादन उद्योगका सबैभन्दा शक्तिशाली व्यक्तिहरुमध्ये एक रहेका थिए।

तर शुरूदेखि नै उनले आफूबाट कुनै पनि गल्ती नभएको अडान लिँदै आएका थिए। उनीविरुद्धको मुद्दाले विश्वको धयनआकर्षण गरेको थियो। साथै उनलाई लामो समयसम्म हिरासतमा राखिँदा जापानी न्याय प्रणालीको अनुसन्धान लम्ब्याएको थियो। ब्राजिलमा जन्मेका ६५ वर्षिय गोस्नका मातापिता लेवनानी मूलका हुन्।

लेवनानको राजधानी बेरुतमा हुर्केका उनी उच्च शिक्षा अध्ययनका लागि फ्रान्स पुगेका थिए।उनीसँग फ्रेन्च, ब्राजिलियन र लेवनानी पासपोर्ट छन्। तर मंगलबार टोकियोमा उनका वकिल जुनीचिरो हिरोनाकाले अझै पनि गोस्नका कानुन टोलिसंग उनका तीनैवटा पासपोर्ट रहेको जानकारी पत्रकारहरुलाइ दिएका छन्।(एजेनसी)।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button