सृजनाको चौतारी

टोपीको प्रश्न


जी एन शर्मा

जब मैले उसलाई लगाएँ
चट्ट पारेर , धार मिलाएर
बाहिर देखिन भनेर निस्कन लागेँ
टोपीले चिमोटेर प्रश्न ग¥यो मलाई
लाउन त लायौ मलाई तर मनले कि टाउका ले ?

मैले मनबाटै जवाफ दिएँ के मैले टाउकाले मात्र लगाए जस्तो छ र ?
टोपीले भन्यो , धेरै त मलाई टाउकाले मात्रै उधिन्ने छन् नि त
मैलै मनबाट भनेँ, टाउकाले होइन मनले लगाएको छु
उसलाई मैले सोधेँ , मन र टाउकाले लगाउँदा को फरक नि ?
टोपी हाँस्यो र भन्यो , नाटक र सत्यता, आवरण र स्नेह

म बाहिर निस्केँ, टोपीले फेरि काने खुशी ग¥यो र भन्यो
उ हेर त, ती थोरैले मनले मलाई लगाएकाछन्
धेरै त मलाई टाउकाले लगाउनेहरुनै हुन्
म टाउकाको सजावट मात्र होइन , स्वाभिमान र परिचय पनि हुँ
बरु नलगाउ मलाई हेर्न र देखिन टाउकामा
मनले लगाए पुग्छ

तर , तिमी लगाउँछौ नै भने मन र टाउको दुबैले लगाउ
उसले फेरि भन्यो , मेरो एउटा प्रश्न
तिमी मलाई किन लगाउँछौ ?
एक पटक मनले मनसँगनै सोध
किनकी
जवाफ मनले दिने हो टाउकाले होइन
सत्यता मनमा हुन्छ टाउकामा होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button