खबर

तृणमूल नेत्री ममता ब्यानर्जी आज सिलगढ़ी आउने

दार्जिलिङका हर्षवर्धन शृङ्ला विदेश सचिव नियुक्त

दार्जिलिङ : दार्जिलिङका छोरो हर्षवर्धन शृङ्ला देशका नयाँ विदेश सचिव नियुक्त भएका छन्। प्राप्त जानकारीअनुसार आउँदो 29 जनवरीको दिन तिनले नयाँ विदेश सचिवको पदभार सम्हाल्ने छन्। तिनको कार्यकाल दुई वर्षको रहने छ। शृङ्लाले वर्तमान विदेश सचिव विजय गोखलेको पद लिनेछन्। 1984 ब्याजको भारतीय विदेश सेवा (आईएफएस)-का अधिकारी दार्जिलिङ हर्षवर्धन शृङ्ला हाल अमेरिकाका राजदूत हुन्। तिनलाई भारतका छिमेकी मामिलाका विशेषज्ञ मानिन्छ भने तिनले राजनयिक अधिकारीको रूपमा आफ्नो 35 वर्षको कार्यकालमा नयाँ दिल्ली तथा विदेशमा रहेर विभिन्न पदहरूमा सेवा पुर्‍याइसकेका छन्। यसभन्दा अघि तिनी थाइल्याण्डमा भारतका राजदूत अनि बङ्ग्लादेशमा भारतका उच्च आयुक्त रहिसकेका छन्। यसबाहेक फ्रान्स, भेयतनाम, इज्राइल, दक्षिण अफ्रिका आदि देशहरूमा पनि तिनले सेवा पुर्‍याइसकेका छन्। सरकारी जारी गरिएको एउटा आदेशमा तिनले आगामी 28 जनवरीको दिन वर्तमान विदेश सचिव विजय गोखलेको कार्यकाल पुरा भएपछि 29 जनवरीदेखि आफ्नो नयाँ पदभार ग्रहण गर्ने बताइएको छ।


तृणमूल नेत्री ममता ब्यानर्जी आज सिलगढ़ी आउने

सिलगढी : राज्यकी मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जी आज सिलगढी भ्रमणमा आउने भएकी छन्। तिनको आगमनलाई लिएर दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ। आगामी 3 जनवरी अर्थात् भोलि एनआरसी र सीएए-को विरोधमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट सिलगढ़ीमा निकालिइने महाजुलूसमा अंश ग्रहण गर्नको लागि आज मुख्यमन्त्री ममता ब्यानर्जी सिलगढी आउने भएकी छन्। उक्त महाजुलूस सिलगढीको मल्लागढीबाट शुरू गरेर हिलकार्ट रोड, प्रधाननगर थाना मोड, सिलगढी जङ्क्शन मोड़, महानन्दा ब्रीज, एयरभ्यु मोड़, सेभोक मोड़, हाशमी चौक, अस्पताल मोड़, कचहरी रोड, कोर्ट मोड़ र सिलगढी नगरनिगम हुँदै बाघाजतीन पार्कमा पुगेर समापन गरिने भएको छ। यस महाजुलूसभन्दा शुरू हुनअघि मल्लागढीमा मुख्यमन्त्रीले उपस्थित मानिसहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी सूत्रमार्फत् थाहा लागेको छ।

दुईजना बङ्ग्लादेशी युवक पक्राउ

नक्सलबारी: एसएसबी 41औँ बटालियनको डाङ्गुजोत क्याम्प अन्तर्गत भारत-नेपाल सीमा थानामा चेकिङ अवधि अवैध रूपले नेपाल गइरहेको दुईजना बङ्ग्लादेशी युवकलाई पक्राउ गर्नको साथै खोरीबारी थानामा सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार चेङ्ग्राबन्धाबाट सिलगढी हुँदै नेपाल जाँदै गरेको समय सीमा थानामा एसएसबीद्वारा चेकिङ्ग अवधि सन्देह भएर छानबीन गरेपछि ती दुईजना युवकलाई पक्राउ गरिएको बताइएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button