
मेचीनगर । राजस्व असुलीका लागि भन्सारको सहयोगी बन्नु पर्ने राजस्व भन्सार गस्तीका रुपमा रहेको सशस्त्र प्रहरी बलनै साना ठूला ब्यापारी र तस्करसँग हात मिलाउन पुगेपछि सिमानाका खटिएको सशस्त्र प्रहरीको काम केहो भनेर प्रश्न उठेको छ ।, राजस्व तथा भन्सार गस्ती सुरक्षा नं ८ गुल्म काकँरभिट्टाका केही सशस्त्र प्रहरीनै कमाउ धन्दामा लागेको तथ्य सामाजिक सञ्जालबाट समेत बाहिर आए पछि यसको बिश्वासनियता माथि शंका उठ्नुलाई अन्यथा मान्न पनि हुदैन

लामो समय देखि यहाँका साना ठूला तस्करबाट दैनिक जसो पैसा असुल गर्न सशस्त्रको एउटा समूहनै लागेको श्रोतले उल्लेख गरेको छ ।सामाजिक संजालमा समेत सशस्त्र प्रहरीले हाकाहाकी रकम लिदै गरेको तस्वीर समेत सार्वजनिक समेत भएको छ । शान्ति सुरक्षा तथा भन्सार सुरक्षा र तस्कारी नियन्त्रण गर्न नाकामा खटिएका सशस्त्र प्रहरीनै कमाउँ धन्दामा लाग्ने गरेको चर्चा भने यो पहिलो पटक भएको होइन ।
झापाको मेचीनगर ७ जोरसिमलमा सशस्त्र प्रहरी चेक पोईन्ट खडा गरिएको छ । तर सो चेक पोईन्ट बाट दैनिक जसो पैसा असुल गर्ने थलो बनेजस्तो देखिन्छ । सो चेक पोईन्ट मासिक पैसा उठाउँने बाहेक चेक पोईन्टको खासै उपलब्धी देखिन्न ।दैनिक जसो सामान आयत गर्ने व्यापारीको झोला भित्र हात पुर्याएर अवैध असुल गर्ने सशस्त्र प्रहरीको दैनिकी बनेको छ ।
उता मेची पुलमा समेत अवैध असुल गर्ने गरेको देख्न सकिन्छ । भन्सार गेटमा समेत सशस्त्र प्रहरीको चेक पोईन्ट खडा गरी पैसा असुल्ने गरिन्छ। यसरी दैनिक ५ किलोमिटर भित्रमा ३ ठाउँ चेकपोईन्ट खडा गरी दैनिक मोटो रकम उठाउँने गरेको सहजै देख्न सकिन्छ । केहीँ ठूला व्यापारीबाट मार्षिक पैसा असुल गर्ने गरेको आरोप समेत यहाँ स्थित सशस्त्र प्रहरीलाई लाग्दै आएको छ ।

बिशेषगरी यस नाकाबाट दैनिक जसो सुपारी, मटर, मरिच,चाईनिज स्याउ ,छोकडा नेपालबाट भारत तर्फ अवैध रुपमा जाने गर्दछ भने भारतबाट दैनिक जसो महंगा मंहगा पार्टसका सामानहरु ,लत्ताकपडा ,कस्मेटिकलगायत वस्तुहरु अवैध रुपमा समेत नेपालतर्फ भित्रिने गरेको श्रोतले बताएको छ ।

मेची खोलाबाट दैनिक जसो अवैध सामानहरु दिउँसो र रातको समयमा प्रहरीकै आँखा अगाडीबाटै खुलेआम तस्करी हुँदा समेत पैसाको लोभमा हाकिमकै आँखा छलेर मटर, सुपारी, मरिच, लगायतका अवैध सामान नेपालबाट भारत तर्फ कटाउँने गरेको देखिन्छ ।



