मूल खबर

बिपि पुष्पलाल बाटिकाले समेत प्रयोग गर्दै आएको पानीको धारा वडा कार्यालयले काटिदिएको आरोप

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ६ मा रहेको बिपि पुष्पलाल बाटिकामा समेत प्रयोग हुदै आएको पानीको धारा अचानक वडा नं ६ को वडा कार्यालयले काटिदिएको आरोप लगाएकाछन् ।
बिपि पुष्पलाल बाटिकाको स्थापनासँगै यसको रेखदेख गर्दै आएका राम तामाङ्गले चौतारी पोष्ट अनलाइनलाई जानकारी गराए अनुसार दैनिक पानी नभई नहुने वाटिकामा वडा कार्यालयले अकस्मात धाराको जडान बिच्छेद गरिदिएको बताए ।
उनले मेचीनगर नगरपालिकाको गहना समेत भएको बिपि पुष्पलाल वाटिकालाई यस अघि पनि मेचीनगरपालिका वडा नं ६ ले एउटा पत्र मार्फत धारा काट्ने पत्र पठाएको भने बताए तर निमार्ण कार्य समेत भईरहेको यो वाटिकाको संरक्षण गर्नु पर्ने अभिभावक जस्तो मेचीनगरपालिका र वडा कार्यालयले नै धारा काटिने जानकारी गराउँदा आफु आश्चर्यमा परेको बताए । उनका अनुसार फेरि कुनै जानकारी नगराई बिहिबार धारा बिच्छेद गरिदिएको बताए ।

तामाङ्गका अनुसार वाटिकामा निमार्णकार्य भईरहेको र पानीको अभावमा त्यहाँ रहेका चराचुरुङ्गी र दुबो लगायतका बनस्पति संकटमा रहेको समेत बताए । उक्त स्थानमा जाने पानीको जडान बिहिबारबाट काटिएको राम तामाङ्गले जानकारी दिएकाछन् ।
बिपि पुष्पलाल वाटिका जाने धाराको लाइन काटिएको विषयमा चौतारी पोष्ट अनलाइनको एक जिज्ञासमा वडा न ६ का वडाध्यक्ष ललित तामाङ्गले भने ‘ बिपि पुष्पलाल वाटिकाको निमार्णकार्य भएको स्थानमा समेत वडा कार्यालयकै धारा प्रयोग भएको र अहिले सम्म ७२ हजार बराबरको पानीको बिल आएकाले हामीले धारा काट्न बाध्य भएका हौँ ’उनले भने पानीको महशुल बढि आएकाले खानेपानी कार्यालयलेनै ताकेता गरेकाले वडा कार्यालयले धारा काट्न बाध्य भएको बताए । वडाध्यक्ष तामाङ्गले तर अहिलेलाई त्यहाँ अत्याबाश्यक पर्ने पानी प्रयोग गर्न दिईएको र दशै तिहारपछि यसको दिर्घकालीन ब्यबस्थापन गर्ने सल्लाह भएको बताए ।

उता बिपि पुष्षलाल वाटिकाको स्थापनादेखिनै त्यहाँको निमार्ण लगायत हेरचाहमा समेत लागेका राम तामाङ्ग भने आफुहरुलाई बाल्टीमा बोकेर पानीको प्रयोग गर्न भनेको बताउँदै भन्छन् — धारा काटिदिएर बाल्टीमा पानी बोक भने जस्तो कुरो भएको छ यो कसरी संभव छ , भएको धारा बिना जानकारी काटिदिने अनि काम पनि गर भन्नु भनेको के हो ?
मेचीनगरकै एक नमूना स्थलको रुपमा परिचित बन्ने क्रममा रहेको वाटिकाको संरक्षण गर्नु पर्ने मेचीनगरपालिकाले पठाएको पत्र हेर्दा थाहा हुन्छ कतै यो आन्तरिक रुपमा राजनीतिक ईस्यू होइन भन्ने शंका समेत पलाएको छ । जे भए पनि मेचीनगर क्षेत्रकै एउटा आकर्षणको केन्द्र बन्दै गएको बिपि पुष्पलाल जस्ता नेताहरुको स्मरण रहेको बिपि पुष्पलाल वाटिकामा यथाशिघ्र पानीको ब्यबस्थापनका लागि सहमतिका आधारमा यसको निकास सरोकारवालाहरुले नै खोज्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button