खेलकुद

अन्तिम समयमा स्पेन जितबाट वञ्चित, स्वीडेनको शानदार जित

एजेन्सी – अन्तिम एक मिनेट सम्हालिन नसक्दा स्पेन युरो छनोट २०२० मा नर्वेसँग बराबरीमा रोकिएको छ । स्पेन घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

नर्वे ओस्लोस्थित युलिभाल स्टेडियममा शनिबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेको थिएनन् । तर, दोस्रो हाफको शुरुमै सर्जियो बुस्केटको पासमा साउल निग्वेजको गोलबाट स्पेनले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नर्वेले पेनाल्टीको मौका पायो । स्पेनका गोलरक्षक किपा एरिजाबालगाले ओमार इलावडेलाओइलाई लडाएपछि रेफ्रीले नर्वेलाई पेनाल्टीको मौका दिएको थियो । जसमा जोसुवा किङ चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

छनोटमा स्पेनको यो पहिलो बराबरी हो । बराबरीसागै स्पेनले समूह ‘एफ’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युरोमा छनोट हुन अब स्पेनलाई एक जितको खाचो छ । नर्वेमाथि जित निकाल्न सकेको भए स्पेन युरोकपको लागि छनोट हुने थियो ।

नर्वे १० अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा स्वीडेनले माल्टामाथ ४–० को शानदार जित निकाल्दै युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । स्वीडेन ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

स्वीडेनको प्रभावशाली जितमा सेवास्टियन लार्सनले २ तथा मार्कुस ड्यानिल्सनले एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

अर्काे खेलमा रोमानियाले फारोइ आइल्यान्डमाथि ३–० को जित निकालेको छ । जितसँगै रोमानिया १३ अंकसहित तेस्रो स्थानमा छ । माल्टा ३ अंकसहित पाँचौ तथा अंकविहीन आइल्यान्ड अंकविहीन हुदै पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button