
एजेन्सी – युरोकप छनोटमा स्वीट्जरल्यान्डले डेनमार्कसँग १–० को हार बेहोरेको छ । घरेलु टोली डेनमार्कमाथि बल पोजेसनमा पकड जमाएपनि स्वीट्जरल्यान्डले गोल गर्न नसक्दा पराजित हुन पुगेको हो ।
कोपेनहेगनमा शनिबार राति भएको खेलमा डेनमार्कको जितमा युसुफ पौलसेनले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो। युसुफले खेलको ८५औं मिनेटमा क्रिस्टियन इरिक्सनको पासमा गोल गरेका थिए ।

जितसँगै डेनमार्क समूह ‘डी’ मा १२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको आयरल्यान्डसाग् अंक बराबरी भएपनि डेनमार्क दोस्रो स्थानमा रहेको छ । पराजित स्वीट्जरल्यान्ड ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा जर्जिया र आयरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे । जर्जिया ५ अंक जोडेर चौथो स्थानमा छ । जिल्ब्राटार अंकविहीन हुदै पुछारमा छ ।hamrokhelkud/from



